Incident Reports

बिरामीको मृत्यु भएको विरोधमा दुहबीमा राजमार्ग बन्द

2019-07-22

Province 1, Morang, Biratnagar

६ साउन, विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा उपचारका क्रममा विरामीको मृत्यु भएपछि मृतकका आफन्तले कोशी राजमार्ग अवरुद्ध गरेका छन् ।

शुक्रबार घुँडाको शल्यक्रिया गर्न नोबल मेडिकल कलेजमा भर्ना भएका सुनसरी दुहबीका ५१ वर्षका अनिलकुमार साहको आइतबार मृत्यु भएपछि मृतकका आफन्त तथा स्थानीयबासीले कोशी राजमार्गको दुहबी खण्ड अवरुद्ध गरेका हुन् ।

उपचारमा संलग्न चिकित्सकलाई कारवाही गर्नुपर्ने र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै सोमबार बिहान ८ बजेदेखि कोशी राजमार्गको दुहबी खण्ड अवरुद्ध गरेका हुन् । प्रदर्शनका कारण सवारी साधन चलेका छैनन् ।

मृतकका भाइ प्रदीप साहका अनुसार अस्पतालले उपचारमा संलग्न चिकित्सकलाई कारबाही गर्नुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेर चक्काजाम गरिएको हो ।

आइतबार अस्पतालमा प्रदर्शन भएपछि अस्पताल प्रशासनले छलफलमा बोलाएर दुई लाख रुपैयाँ राहत दिने बताएको थियो । तर मृतकका आफन्तले मृतक परिवारका सन्तानलाई राजेगारीको ग्यारेन्टी र चिकित्सकलाई कारवाहीको माग गरेका छन् । अस्पतालले बार्तामा नबोलाए सम्म चक्काजाम जारी राख्ने प्रदीपले बताए ।

देब्रे घुँडाको सामान्य शल्यक्रिया गर्दा बिरामीको मृत्यु भएपछि आइतबार अस्पतालमा प्रदर्शन गरेका आफन्तले शवसमेत उठाएका छैनन् । एशियन थाइ फुड्समा कार्यरत साह मोटरसाइकलको स्ट्याण्ड लगाउने क्रममा लडेर घाइते भएका थिए ।

उपचारका लागि नोबेल मेडिकल कलेजमा शुक्रबार भर्ना भएका उनको सोही दिन घुँडाको शल्यक्रिया भएको थियो । हाडजोर्नी तथा नशारोग विशेषयज्ञ डा. सन्दीप अधिकारीसहितको टोलीले शल्यक्रिया गरेको थियो ।

नोबेल मेडिकल कलेजका प्रशासकीय अधिकृत नारायण दाहालले उपचारको क्रममा अस्पतालले कुनै लापारबाही नगरेको बताउँछन् । शल्यक्रिया पछि बिरामीलाई ‘हर्टअट्याक’ भएको बताउँदै उनले लापरवाही नभएको बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Road block
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Morang

0 Comments