Incident Reports

पक्राउको विरोधमा दिक्तेलमा प्रदर्शन

2019-07-21

आन्दोलनका क्रममा पक्राउ परेका चार जनाको रिहाईको माग गर्दै दिक्तेल बजारमा प्रदर्शन गरिएको छ। पक्राउ परेका चारै जनालाई विनाशर्त रिहाई गर्न माग गर्दै नारा जुलुससहित बजार परिक्रमा गरिएको हो। आदिबासी जनजाति महासंघ एबं आदिबासी जनजाति संघसंगठन आवद्ध संयुक्त संघर्ष आन्दोलन परिचालन समितिले भवनगैराबाट सुरु गरेको जुलुस रत्नपार्क–हाटडाँडा हुँदै त्रिवेणीचोकमा कोणसभामा परिणत भएको थियो। आन्दोलकारीलाई तत्काल रिहा नगरे आन्दोलनलाई थप सशक्त बनाउने नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष एबं संयुक्त संघर्ष आन्दोलन परिचालन समिति खोटाङका संयोजक हात्तिराम राईले बताए।

आन्दोलनकारीलाई घटनास्थलमा अमानवीय ढंगले कुटपिट गरेको भन्दै समाजवादी पार्टी, नेपाल, आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा, नेपाल राष्ट्रिय दलित संघ खोटाङ र दलित उद्यमी सहकारी संस्थाले छुट्टा–छुट्टै विज्ञप्ति जारी गरी विरोध जनाएका छन्। पक्राउ परेका युवाहरुलाई अमानवीय हिसाबले दमन गरिएको विज्ञप्तिमा उल्लेख छ। पक्राउ परेका चारै जना प्रहरी हिरासतमै अनसनमा बसेको महासंघले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Weapons Unclear
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other indigenous organizations
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Total Injured 4
National/Online Media

0 Comments