Incident Reports

विराटनगरमा पोहर बढाइएको पाँच सय प्रतिशत करको विरोध-अहिले

2019-07-24

Province 1, Morang, Biratnagar

विराटनगर महानगरपालिकाले कर र शुल्कको दर बृद्धि गरेको एक वर्षपछि विराटनगरका व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । महानगरपालिकाले करका दर अचाक्ली बढाएको विषय सञ्चार माध्यमले समेत उठाएका थिए । कानुनको अनभिज्ञता क्ष्यम्य नहुने सिद्धान्त भएपनि विराटनगरका व्यवसायीहरू भने महानगरले थाहै दिएन भनेर एक वर्षपछि आन्दोलनमा उत्रिएका छन् । व्यवसाय बढेको आधारमा कर बढाउनु पर्नेमा अध्ययन अनुसन्धाननै नगरी पााच सय प्रतिशतसम्म बढाएकाले आन्दोलन गर्नुपरेको व्यवसायीको तर्क छ । समय टरेपछि गुनासो आएकाले नगरसभाले निर्धारण गरेको कर तिर्नुको विकल्प नभएको महानगरपालिकाले जनाएको छ । समयमा चासो नदिने र समय घर्किसकेपछि गुनासो गर्ने आम नेपाली प्रवृत्तिलाई विराटनगरका उद्योगी, व्यवसायीको आन्दोलनको यो घटनाले गतिलो पाठ सिकाएको छ ।  

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Private company
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments