Incident Reports

सडक विस्तारको क्रममा झडप, प्रहरीसहित दुई महिला घाइते

2019-05-25

Madhes, Mahottari, Sonama, Ward 5

महोत्तरीको सोनमा गाउँपालिकामा बाटो बनाउनका लागि जग्गा खाली गराउने क्रममा झडप हुदाँ दुई महिला सहित एक प्रहरी ईन्चार्ज घाइते भएका छन् । शनिबार बिहान ९ बजेतिर सोनमा गाउँपालिका वार्ड न. ५ खैरबनीमा श्री जनता माध्यमिक विधालयको अगाडि बाटो बनाउनको लागि घर भत्काउन खोज्दा स्थानीय सोनेलाल यादव लगाएत उनको श्रीमती चंचला यादव र छोरी सुन्दरम यादवले अवरोध गर्न खोज्दा झडप भएको थियो । झडपमा यादवको श्रीमती चंचला यादव र छोरी सुन्दरम यादव घाइते भएको र उपचारको लागि जानकी हेल्थ केयर जनकपुर लगेको यादवले बताए ।

बाटों खाली गराउन अघि नै सूचना जारी गरेको थियो । एक हप्ता भित्र बाटो खाली गर्न सुचना प्रकाशन गरेपनि अहिलेसम्म सम्म खाली नगर्दा बाटो बनाउनको लागि जग्गा खाली गराउन जादाँ घर मुलि सोनेलाल यादव लगाएत उहाँको श्रीमती चंचला यादव र छोरी सुन्दरम यादवले ईलाका  प्रहरी कार्यालय खैरबनीको ईन्चार्ज दिप कुमार राउत माथि ढुंगामुडा गरेपछि झडप भएपछि घाइते भएको उक्त वडाका वडा अध्यक्ष राम विनय यादवले बताएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Total Injured 3
Female Injured 2
Local Newspaper - Mahottari

0 Comments