Incident Reports

भारतीय ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएपछि सीमा क्षेत्रमा तनाव

2019-07-25

Province 1, Morang, Biratnagar

विराटनगर : भारतीय ट्रकको ठक्करबाट विराटनगरमा मोटरसाइकल चालकको मृत्यु भएपछि नेपाल-भारत सीमा क्षेत्र रानीमा तनाव भएको छ। ट्रकको ठक्करबाट विराटनगर महानगरपालिका-१५ का २२ वर्षीय अमर सिंहको मृत्यु भएपछि सीमा क्षेत्रमा तनाव भएको हो। 

एन एल ०१ डी ३६९० नम्बरको लहरीले बीआर ३८ आर ३२१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिंहको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले जानकारी दिए। भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकलले ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको खिउजुको भनाइ छ। 

सिंहको शव पोस्टमार्टमका लागि कोसी अस्पताल विराटनगर ल्याइएको छ। लहरीका चालक फरार छन्। मोटरसाइकल चालक सिंहको मृत्युपछि स्थानीयले सवारी साधन सञ्चालनमा अवरोध गरेका छन्। 

मृतकका बुवा श्रवण सिंहले तीव्र गतिको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा छोरा गुमाउनुपरेको गुनासो गरे। उनले दोषीमाथि कारबाहीका लागि माग गरेका छन्। 

स्थानीयको प्रदर्शन उग्र बन्दै जाँदा घटनास्थलमा ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको छ। 

घटनाको विरोधमा प्रदर्शन र तोडफोड हुन थालेपछि रानी बसपार्क क्षेत्रको अवस्था तनावपूर्ण बनेको छ। स्थानीयले मोटरसाइकललाई ठक्कर दिने ट्रकसहित १३ वटा सवारी साधनमा तोडफोड गरेका छन्।

  

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Secondary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Totally damaged Vehicles 13
National/Online Media , Local Newspaper - Morang , Local Newspaper - Sunsari

0 Comments