Incident Reports

निर्मलाको न्यायका लागि वीरगन्जमा प्रदर्शन

2019-07-26

Madhes, Parsa, Birgunj

वीरगन्ज : कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष बितिसक्दा पनि सरकारले अपराधी अझै पत्ता लगाउन नसकेको भन्दै वीरगन्जमा शुक्रबार प्रदर्शन गरिएको छ।

घण्टाघर चोकमा अपरान्ह भेला भएका युवायुवतीले निर्मलालाई न्याय देऊ भन्ने नारा लेखिएको प्ले कार्ड बोकेर प्रदर्शन गरे। त्यसअघि उनीहरुले घण्टाघर चोकको सडकमा बसेर निर्मलाले न्याय नपाएको एक वर्ष अर्थात् ३६५ दिन पुगेको भन्दै ३६५ आकृति देखिने मानव साङलो पनि प्रर्दशन गरेका थिए।

प्रदर्शनमा सहभागीले निर्मलाका बलात्कारी र हत्यारा पत्ता लगाउन प्रहरी र सरकार दुवै असक्षम भएको आरोप लगाए। यसैबीच घण्टघार चोकमै युवाको समूहले शुक्रबारदेखि निर्मलाका बलात्कारी र हत्यारा पत्ता लगाइ कारबाहीको माग गर्दै हस्ताक्षर अभियान पनि सुरु गरेका छन्। 

हस्ताक्षर अभियान वीरगन्ज महानगरपालिकाका ३२ वटै वडामा सञ्चालन गरी एक लाख व्यक्तिको हस्ताक्षर संकलन भएपछि जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई बुझाइने अभियानका अगुवा सरोज चौरसीयाले बताए।

कञ्चनपुरकी किशोरी निर्मलाको २०७५ साल साउन १० गते बलात्कारपछि हत्या भएको थियो। हत्यापछि यसको छानबिनका लागि विभिन्न समिति बनेका थिए। तर, हत्यारा पत्ता लाग्न सकेको छैन। जसका कारण नेपाल प्रहरी र सरकार दुवै आलोचित बन्दै आइरहेका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments