Incident Reports

बन्दुक सहित पक्राउ

2019-07-29

Madhes, Siraha, Kalyanpur, Ward 11

सिराहा, १२ साउन      

कल्याणपुर नगरपालिका-११ परचिलवा बस्ने १९ वर्षीय मनिष मण्डल र सोही ठाउँ बस्ने २४ वर्षीय मोहम्मद जाकीर मंसुरीलाई १ थान बन्दुक सहित  शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।     

विशेष सूचनाको आधारमा बिआर ३२ क्यु १३८० नम्बरको मोटरसाइकल ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मनिष र मोहम्मदलाई  उक्त मोटरसाइकल र बन्दुक सहित पक्राउ गरेको हो ।     

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Police website , Local Newspaper - Dhanusha

0 Comments