Incident Reports

गाउँपालिका अध्यक्षबाट आक्रमण भएको भन्दै जनप्रतिनिधि र कर्मचारी सदरमुकाममा

2019-08-01

Bagmati, Ramechhap, Likhu

१७ साउन, रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कामाथि विद्युतीकरणको क्रममा अनियमितता गरेको र छानविन छल्न प्रमुख प्रशासकीय अधिकृत र कार्यपालिका सदस्यहरुलाई आक्रमण प्रयास गरेको आरोप लागेको छ ।

शुक्रबार जिल्ला सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी गाउँपालिका उपाध्यक्ष दीपशिखा दाहाल र ६ जना वडाअध्यक्षहरु सहित १० जना कार्यपालिका सदस्यहरुले सो आरोप लगाएका हुन् ।

कुल ७ वटा वडा रहेको सो गाउँपालिकाका ६ जना वडाअध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष र अन्य कार्यपालिका सदस्यहरुद्वारा संयुक्त रुपमा हस्ताक्षर गरि जारि गरिएको प्रेस विज्ञप्तिमा सो गाउँपालिका वडा नं १ दुरागाउँमा विद्युतीकरण गर्ने क्रममा गाउँपालिका अध्यक्षले अनियमितता गरेको आरोप लगाइएको छ ।

बिहीबार भएको गाउँ कार्यपालिका बैठकमा गाउँपालिका अध्यक्ष खड्काले यस आर्थिक वर्षमा दुरागाउँमा विद्युतीकरणको काम सम्पन्न भएको र सो कामको लागि थप ६ करोड ९५ लाख रुपैयाँ अपुग भएकोले सो रकम विनियोजन नगरि नयाँ बजेट नल्याउने अडान राखेको विज्ञप्तिमा उल्लेख छ ।

तर कार्यपालिका सदस्यहरुले सो विद्युतीकरणको काम एकलौटी रुपमा गाउँपालिका अध्यक्षले उपभोक्ता समितिलाई समेत थाहा निदिई विना प्रतिस्पर्धा विद्युत सामान खरिद गरेकोले नेपाल सरकारको अनुगमन गर्ने निकायबाट अनुगमन गराई यथार्थ खर्च अनुसारको रकम विनियोजन गर्नु पर्ने भनाइ आफूहरुले राखेको पत्रकार सम्मेलनमा उपाध्यक्ष दाहालले बताइन् ।

बैठकमा सो धारणा राख्नासाथ अध्यक्ष खड्काले एक्कासी आवेशमा आई प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र राई र कार्यपालिकाका सम्पूर्ण सदस्यलाई कुर्सीले आक्रमण गर्न उत्रिएको विज्ञप्तिमा उल्लेख छ । छानविनपछिमात्र बजेट भुक्तानी गर्ने भन्दा आक्रमणमा उत्रिनुले थप शंका उब्जिएको गाउँपालिकाका प्रवक्ता सुवास बोहोराले बताए ।

दुरागाउँमा विद्युतीकरणको लागि गतवर्षको बजेटबाट समेत ५ करोड रुपैयाँ अध्यक्षले एकलौटी रुपमा विना प्रतिस्पर्धा खर्च गरेको गाउँपालिका उपाध्यक्ष दीपशिखा दाहाले पत्रकार सम्मेलनमा बनाइन् । सो रकमबाट के कति रकम खर्च भयो भन्ने बारेमा आफूलाई समेत कुनै जानकारी नदिएको दुरागाउँका वडाअध्यक्ष निङ्मर तामाडले बताए ।

विज्ञप्तिमा गाउँपालिका उपाध्यक्ष दीपशिखा दाहाल तथा वडा नं १ का अध्यक्ष निङ्मर तामाड, २ का पदमबहादुर तामाड्, ४ का लिलाबहादुर बस्नेत, ५ का सोमबहादुर तामाड्, ६ का शिवप्रसाद न्यौपाने र ७ का वडाअध्यक्ष सुवाष बोहोरा तथा कार्यपालिका सदस्यहरु वृद्धिबहादुर बिक, सुशिला थापा र रजिना बुढाथोकील पनि हस्ताक्षर गरेका छन् ।

सो गाउँपालिकामा अध्यक्ष सहित १५ जना कार्यपालिका सदस्य रहेकामा १० जनाले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । लिखु तामाकोशी गाउँपालिकाको वडा नम्बर २ का वडाध्यक्ष बाहेक अरु सबै प्रतिनिधि तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।

यसैबीच गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र राईले आफू गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काबाट असुरक्षित भएको भन्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय रामेछापमा सुरक्षाको माग गर्दै निवेदन गरेका छन् ।

गाउँपालिका अध्यक्ष खड्काले गाउँ कार्यापालिका बैठकमा आफूमाथि कुर्सी उठाएर आक्रमणको प्रयास गरेको भन्दै उनले सुरक्षाको माग गरेका हुन् ।

साउन १६ गते गाउँकार्यपालिका बैठकमा सो गाउँपालिकाको वडा नं – १ दुरागाउँमा विद्युत लाइनको कामको अनुगमन पछि मात्र थप रकम छुट्याउनु पर्ने विषयमा भएको छलफलमा गाउँपालिका अध्यक्ष खड्काले आफूले गरेको काममा को अनुगमन गर्ने भन्दै प्रमुख प्रशासकीय अधिकृत र वडाअध्यक्ष सुवाष बोहोरालाई आक्रमणको प्रयाश गरेको प्रमुख प्रशासकीय अधिकृत राईले बताए ।

आफूलाई सुरक्षाको प्रत्याभूति नभएसम्म गाउँपालिका नफर्कने प्रमुख प्रशासकीय अधिकृत राईले बताए ।

नवराज पथिकबाट

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments