Incident Reports

भरुवा बन्दुक सहित पक्राउ

2019-08-08

Province 1, Khotang, Halesi Tuwachung, Ward 11

हलेशी तुवाचुङ नगरपालिका-११ बस्ने ५१ वर्षीय जयन प्रसाद राईलाई लोड भएको भरुवा बन्दुक १ थान सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।     अवैध हतियार लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा राईको सोही ठाउँ सिमपानीस्थित गोठको छानामुनी लुकाई राखेको अवस्थामा उक्त भरुवा बन्दुक फेला पारी बन्दुक सहित उनलाई पक्राउ गरेको हो ।     यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments