Incident Reports

प्रहरीले लखेट्दा बेपत्ता भएका बालकको शव भेटियो

2019-08-05

Karnali, Rukum West, Aathbiskot, Ward 9

आठविसकोट नपा-९ राडीबजारको मोबाइल पसलमा चोरी गरेको आरोपमा साउन १८ गते राति प्रहरीले गिरफ्तार गर्न खोज्दा भागेर बेपत्ता भएका बालकको शव साउन २१ गते सुर्खेतको मेहेलकुनामा फेला परेको छ ।

आठबिसकोट नपा-९ बस्ने १३ वर्षीय बालक बालकृष्ण परियार साउन १९ गतेबाट हराएको बालकका बुवा तुले दमाईले बताए ।

छोराले गल्ती गरेको भएपनि ज्यान गुमाउनुमा राज्यको कमजोरी भएको परिवारले आरोप लगाएको छ ।

छोरा हराएपछि राज्यले उचित क्षतिपूर्ति र न्याय दिनुपर्ने माग राख्दै पीडित परिवार तथा स्थानीयले साउन २० गते आठविसकोट नगरपालिकाको कार्यालय घेराउ गरेका थिए ।

मोबाइल पसल बालकृष्णले नै चोरेको भनी प्रमाणित नहुँदै जबरजस्ती चोरको आरोप लगाएर लखेटेपछि भाग्ने क्रममा ठूलीभेरी नदीमा खसेको स्थानीयको भनाई छ ।

उता जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमले भने लखेट्ने क्रममा नभई बालकृष्ण आफैँ ओडारमा लुक्न खोज्दा भेरीमा खसेको जनाएको छ ।

मनिषा केसी

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC

0 Comments