Incident Reports

चिकित्सकलाई कारबाहीको माग गर्दै जनकपुरमा विरोध प्रदर्शन

2019-08-20

Madhes, Dhanusha, Janakpur

जनकपुरधाम । जनकपुर अञ्चल अस्पतालका चिकित्सकको कारबाहीको माग गर्दै जनकपुरधाममा विद्यार्थीहरुले आज विरोध प्रदर्शन गरेका छन् ।

गत आइतबार चिकित्सक डा. आनन्द झाको लापरबाहीका कारण जनकपुरधामस्थित डेफोडिल्स पब्लिक स्कुलका कम्प्युटर शिक्षक कुन्दन झाको मृत्यु भएको थियो । शिक्षक झाको उचारका क्रममा निधन भएपछि विद्यार्थीहरुले चिकित्सकको कारबाहीको माग गर्दै रयाली निकालेका हुन् ।

जनकपुरको विद्यापति चौकस्थित विद्यालय परिषरबाट सुरु भएको रयालीमा विद्यार्थीहरु विभिन्न नारा लेखेको प्लेकार्ड समेत बोकेका थिए । उनीहरुले डा. झालाई कारबाहीको माग गर्दै नगर परिक्रमा गरेका थिए ।

महोत्तरीको पिपरा गाउँपालिका बनौली बस्ने छविकान्तका २१ वर्षीय छोरा कुन्दन झाको निधन भएको हो । समान्य जोरो र पेट दुखेपछि शनिबार जनकपुर अञ्चल अस्पतालमा भर्ना भएका युवक कुन्दनको अस्पतालकै चरम लापरवाहीले आइतबार विहान ५ बजे ज्यान गएको परिवारले बताए ।

यता अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट नागेन्द्र यादवले यदि चिकित्सकको गलती भएको पाइए कारवाही गर्ने बताएका छन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Mahottari , Local Newspaper - Dhanusha

0 Comments