Incident Reports

रवि लामिछानेको समर्थनमा झापाको विभिन्न स्थानमा प्रर्दशन

2019-08-20

झापा, भदौ ४ । सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको समर्थनमा झापाका विभिन्न स्थानमा आज पनि प्रर्दशन भएको छ । सञ्चारकर्मी लामिछाने र कँडेललाई प्रहरी हिरासतमा लिइएको विरोधमा बुधबार झापाको विभिन्न स्थानमा स्वस्फूर्त रुपमा स्थानीयले -याली निकालेका हुन् ।

झापाको बिर्तामोड, दमक, सुरुंगा, गौरादह, केरखा र लक्ष्मीपुरलगायतका स्थानमा स्थानीयले स्वस्फूर्त -याली तथा कोणसभा गरेका हुन् । सञ्चारकर्मी रवि लामिछानेलाई विभिन्न बहानामा फसाउने कार्य भएको भन्दै सम्बन्धित निकायको ध्यानार्कषण समेत उनीहरुले गरेका छन् । सहभागीहरुले पत्रकार लामिछाने दोषी नरहेको विश्वास व्यक्त गरेका थिए ।

उनीहरुले पत्रकार शालिकराम पुडासैनीको आत्महत्यालाई निश्पक्ष छानबिन गरिनु पर्ने समेत माग गरेका छन् । सहभागीले नेपालको राष्ट्रिय झण्डासहित ‘राष्ट्रका सपुत रवि लामिछानेको साथमा हामी छौँ’ लेखिएको ब्यानर लिएर -यालीमा उत्रिएका थिए । -यालीमा निर्दोषलाई फसाउन पाइँदैन, पत्रकार पुडासैनीलाई न्याय दे, हत्यालाई आत्महत्या भन्न पाईदैन, विधीको शासन कायम गर, रवि लामिछानेलाई बिना सर्ता रिहा गर, रवि लामिछाने जिन्दावाद, जस्ता नारा लगाएका थिए ।

न्युज २४ टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम ‘सीधाकुरा जनतासँग’का प्रस्तोता रवि लामिछाने उनका सहकर्मी युवराज कँडेलसहित ३ जनालाई चितवन प्रहरीले गत बिहीवार पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ गरेको थियो । जिल्ला अदालत चितवनले मंगलबार उनीसहित ३ जनालाई फेरि ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाउन अनुमति दिएपछि झापामा प्रर्दशनको श्रृंखला बढेको छ ।

मंगलबार नेपाल कम्युनिष्ट पार्टी झापाले पनि अनुसन्धान प्रभावित हुन सक्ने भन्दै आफ्ना कार्यकर्तालाई यस्ता प्रर्दशनमा सहभागी नहुन विज्ञप्तीमार्फत् ह्वीप नै जारी गरेको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments