Incident Reports

पत्रकार महासङ्घ बागलुङको भवनमा अज्ञात पक्षद्वारा तोडफोड

2019-08-21

नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाको भवनमा भदौ ४ गते राति अज्ञात पक्षले तोडफोड गरेको छ ।

महासङ्घको निर्माणाधिन सभाहलमा तोडफोड गर्नुका साथै पानीको मोटर, बिजुलीको मिटर बक्स, एमसिपी र इन्टरनेटको तार काटेर टुक्राटुक्रा पारिएको नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाका अध्यक्ष दिल शिरिषले बताए ।

अध्यक्ष शिरिषले आफू भदौ ५ गते बिहान महासङ्घको भवनमा पुग्दा तोडफोड भएको देखेपछि कसले के कारणले तोडफोड गर्‍यो ? भनेर छानविन गर्नका लागि जिल्ला प्रहरी कार्यालय, बागलुङमा भदौ ५ गते नै उजुरी दिएको जानकारी दिए ।

घटनामा संलग्न आरोपितको खोजी र अबका दिनमा प्रहरी निगरानी बढाउने विषयमा पनि प्रहरी गम्भिर बन्नुपर्ने अध्यक्ष शिरिषले बताए ।

जिल्ला प्रहरी कार्यालय, बागलुङका एसपी नवराज भट्टले महासङ्घको भवनमा रातिको समयमा भएको तोडफोडका बिषयमा जानकारी आएपछि यस बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए ।

सिर्जना पन्त

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Unclear
Secondary Form Attack on Journalist
Weapons Other
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
Total damaged Buildings 1
INSEC

0 Comments