Incident Reports

पूर्वाञ्चल विश्वविद्यालयमा उपकुलपतिले पदभार ग्रहण गरेलगत्तै तालाबन्दी

2019-08-25

Province 1, Morang, Biratnagar

१० भदौ, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिमा नियुक्त भएका बिजुकुमार थपलियाले पदभार ग्रहण गरेलगत्तै नेपाल विद्यार्थी संघले उनको कार्यालयमा तालाबन्दी गरेको छ ।

उपकुलपति प्राडा घनश्यामलाल दासको कार्यकाल सकिएपछि नियुक्त भएका थपलियाले आइतबार पदभार ग्रहण गरेका थिए । लगत्तै नेविसंघले विभिन्न पाँच बुुँदे माग राख्दै कार्यालयमा तालाबन्दी गरेको हो ।

नेविसंघ पूर्वाञ्चचल विश्वविद्यालय समन्वय समितिका उपाध्यक्ष पंकज घिमिरेले विज्ञप्ति जारी सरकारको आडमा विभिन्न बाहनामा विश्वविद्यालयलाई बन्दी बनाउने र आफू अनुकूल चलाउने चेष्टा र प्रपञ्च भइरहेको बताएका छन् । विश्वविद्यालयको आफ्नै नियम, कानून र स्वायत्ततालाई खलल पुर्‍याउने गरी भएका काम, कारवाहीप्रति आपत्ति जनाउँदै तालाबन्दी गरेको नेविसंघले बताएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people N
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments