Incident Reports

जनप्रतिनिधिले नै गरे नगरपालिकामा तालाबन्दी

2019-09-04

Lumbini, Gulmi, Resunga

विद्यालयसम्बन्धी विवादका कारण जनप्रतिनिधिलेनै रेसुंगा नगरपालिकामा तालाबन्दी गरेका छन् । नगरप्रमुख डिल्लीराज भुसाल र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

नगरपालिकाका सातजना वडाध्यक्ष तथा तीनजना कार्यपालिका सदस्यले नगरपालिकामा तालाबन्दी गरेका हुन् । महेन्द्र नमुना माध्यमिक विद्यालयमा हुने कक्षा १२ को स्तरोन्नतिसम्बन्धी परीक्षामा केन्द्राध्यक्षको विषयमा विवाद हुँदा नगरपालिकामा तालाबन्दी गरेका हुन् । विद्यालयको विवादका साथै नगरपालिकाका निर्णय गुपचुप राखिएको, एकलौटी ढंगबाट नगरपालिकाका काम अगाडि बढाइएको लगायतका विषयमा नगरपालिकामा तालाबन्दी गरिएको वडा नम्बर १ का अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेले बताए ।

के हो महेन्द्रको विवाद

रेसुंगा नगरपालिकास्थित महेन्द्र नमुना माध्यमिक विद्यालयको व्यवस्थापन समितिको गत ९ साउनमा बसेको प्रधानाध्यापक नियुक्तिसम्बन्धी निर्णय नगरपालिकाले खारेज गरेको थियो । त्यो बैठकले प्रधानाध्यापकमा शिक्षक युवराज ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । तर, सो निर्णयविरुद्ध विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका सदस्यले नै उजुरी दिएपछि नगरपालिकाले निर्णय खारेज गरेको थियो । निर्णय खारेज गरेसँगै प्रध्यानाध्यापकमा केशरबहादुर थापालाई पुनर्बहाली गरिएको थियो ।

विधान र कानुनविपरीत विद्यालय व्यवस्थापन समितिको अध्यक्षले आफूनिकट युवराज ज्ञवालीलाई प्रधानाध्यापकमा नियुक्त गरिएको भन्दै शिक्षक अभिभावक संघका सदस्य कुलदीप थापा र विद्यालय व्यवस्थापन समिति सदस्य विजय लक्ष्मी बस्नेतले रेसुंगा नगरपालिकाको कार्यालयमा उजुरी दिएका थिए ।

कसरी हटायो नगरले

नमुना माध्यमिक विद्यालय सञ्चालन निर्देशिका ०७४ को संशोधन ०७५ मा करारमा शिक्षक नियुक्त गर्न पाउनेसम्बन्धी व्यवस्था छ । त्यसको लागि विद्यालय व्यवस्थापन समिति निर्देशन परिच्छेद् ८ अनुसार प्रध्यानाध्यापक नियुक्त गर्दा तीनजनाको छनोट समिति बनाउनुपर्ने व्यवस्था छ । छनोट समितिले विद्यालय प्रस्ताव आह्वान गर्छ । त्यसमा उम्मेदवार बन्ने व्यक्ति पाँच वर्ष स्थायी सेवा गरेको, विकास प्रस्ताव र व्यक्तिगत विवरण गरी न्यूनतम ७० अंक आएको हुनुपर्छ । तर, सो व्यवस्थाविपरीत प्रधानाध्यापकमा ज्ञवालीलाई नियुक्त गरेको भन्दै नगरपालिकाले निर्णय बदर गरेको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए ।

विद्यालय व्यवस्थापन समितिले गरेको निर्णयमाथि नगरपालिकाले हस्तक्षेप गर्ने अधिकार नभएको भन्दै बुधबार नगरपालिकामा नै तालाबन्दी गरिएको हो । ‘व्यवस्थापन समितिले निर्णय गरेका ज्ञवाली नै केन्द्राध्यक्ष बनाउन आवश्यक पर्ने सिफारिस लेखिदिन भन्नुभएको थियो,’ मरासिनीले भने, ‘त्यो मेरो अधिकारको विषय थिएन, उहाँहरूले ताला लगाउनुभयो ।’ उनले बिहीबार बिहानसम्म पनि ताला नखोले आफूहरूलेनै खोल्ने प्रतिक्रिया दिए ।

अनैतिक काम भयो : मेयर

रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले जनप्रतिनिधिहरूले अनैतिक काम गरेको आरोप लगाए । ‘जनताको सेवाका लागि खटिएका जनप्रतिनिधिले जनताले सेवा पाउने ठाउँमा नै ताला लगाउनु राम्रो विषय भएन,’ उनले भने, ‘ताला लगाउने जनप्रतिनिधिहरू सच्चिन जरुरी छ ।’ नगरका जनप्रतिनिधि काम गरेरभन्दा विरोध गरेर अगाडि बढेकाले सोचेअनुसार काम गर्न समस्या भएको भुसाले बताए ।

वडा नम्बर २ का अध्यक्ष उदयबहादुर थापाले नगरपालिकाले विधि र प्रक्रियाभन्दा बाहिर रहेर महेन्द्र नमुना माविमा प्रधानाध्यापक नियुक्ति गरेकोले ताला लगाएको प्रतिक्रिया दिए । उनले मेयर र प्रमुख प्रशासनिक अधिकृतलाई पटक–पटक भन्दा पनि नसुनेपछि बाध्य भएर ताला लगाएको बताए । वडा नम्बर १ का वडाध्यक्ष अखिलेश्वरप्रसाद पाण्डे, वडा नम्बर २ का अध्यक्ष उदयबहादुर थापा, ५ का अध्यक्ष हरिप्रसाद शर्मा खनाल, ८ का अध्यक्ष भरत भलामी, १२ का अध्यक्ष कुलबहादुर टन्डन, १३ का अध्यक्ष खुम खत्री, १४ का अध्यक्ष शेरबहादुर पहराई, कार्यपालिका सदस्यहरू लक्ष्मी भनेर चिनिने उमकला पाण्डे, खिमा बस्नेत, देवी कुँवर, शान्ता विकलगायतका समूहले ताला लगाएको हो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Rupandehi

0 Comments