Incident Reports

अनुदानको रकम नपाएपछि  उखु किसान आन्दोलित

2019-09-04

Lumbini, Kapilbastu, Shivaraj, Ward 1

सरकारबाट घोषणा भएको अनुदान रकम नपाएपछि कपिलवस्तुका उखु किसानहरू सडक आन्दोलनमा उत्रिएका छन् । अनुदान रकम माग गर्दै किसान संघ कपिलवस्तुका आयोजनामा बुधबार शिवराज नगरपालिका–१ चन्द्रौटामा तीन घन्टा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको हो ।  

उखु किसानले सरकारबाट पाउनुपर्ने अनुदानको रकम नपाएको भन्दै अनिश्चितकालीन बन्दको आह्वान गरेका थिए । किसानहरूले अनिश्चिकालीन बन्द गर्ने अडान लिएपछि प्रहरीले तीन घन्टापछि बल प्रयोग गरी बाटो खुलाएको हो । कपिलवस्तुका उखु किसानले दुई करोड ४८ लाख २३ हजार रुपैयाँ सरकारले राहतस्वरूप दिने घोषणा गरेको थियो । तर, पाँच वर्षसम्म पनि रकम नपाएपछि किसानहरू सडकमा उत्रिएका हुन् ।

आर्थिक वर्ष ०७१/७२ मा देशभरका सुगर्स मिलमार्फत कारोबार गर्ने किसानहरूलाई प्रतिक्विन्टल २५ रुपैयाँ अनुदान दिने निर्णय भएको थियो । तर, महालक्ष्मी सुगर्स मिल जवाभारी कपिलवस्तुमार्फत कारोबार गरेका किसानहरूलाई उखु प्रवर्द्धन खर्चबापत २५ रुपैयाँ भुक्तानी नगरी सरकारले बेइमानी गरिरहेकाले सडक बन्द गर्न बाध्य भएको किसान संघ कपिलवस्तुका अध्यक्ष अनुपकुमार चौधरीले बताए ।

रकम भुक्तानी गरिदिने सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र कृषि मन्त्रालयले पालैपालो अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको वर्ष दिन बितिसक्दासमेत अर्थ मन्त्रालयको कुनै प्रतिक्रिया नआएकोले राजमार्ग ठप्प पार्न बाध्य भएको संघका अध्यक्ष चौधरीले बताए । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Road block
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments