Incident Reports

डाक्टरको लापारवाहीले विरामीको मृत्यु , विराट नर्सिङ होममा तनाब

2019-06-22

Province 1, Morang, Biratnagar, Ward 2

उपचारको क्रममा विरामीको मृत्यु भएपछि विराटनगर २ मा रहेको बिराट नर्सिङ होममा तनाव भएको छ ।बिराटचोककी चरीमाया प्रसाईको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले चिकित्सकले लापरवाही गरेको भन्दै प्रदर्शन गरेपछि अस्पतालमा तनाव भएको हो ।

उपचारको क्रममा भएको लापरवाहीले चरीमायाँको ज्यान गएको मृतकका आफन्तले दावी गरेका छन् । अस्पतालमा प्रसाईको पाठेघरको नशा खुम्चने समस्याको शल्यक्रिया गरिएको थियो । चरिमायाको डाक्टर ज्ञानेन्द्रमान सिह कार्कीको टिमले शल्यक्रिया गरेका थिए ।

यता अस्पताल प्रशासनले भने उपचारमा कुनै पनि लापरवाही नगरेको दावी गरेको छ । अहिले अस्पताल प्रशासन र विरामीका आफन्त विच आन्तरिक छलफल भईरहेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले महिलाको मृत्यु भएको घटनामा आफन्तजन आक्रोशित भएर नर्सिङमा सामान्य तोडफोड भएको बताए ।

मोरङ प्रहरीले ५ जनालाई पक्राउ गरेको जनाएको छ ।धरान-विराटनगर सडक खण्डमा टायर बालेर सडक जाम गर्न खोज्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।अन्य तनाव उत्पन्न हुन नदिन मोरङ प्रहरीले बाक्लो मात्रामा प्रहरी परिचालन गरेको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Violent demonstration
Weapons Unclear
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Local Newspaper - Sunsari

0 Comments