Incident Reports

गुल्मीमा वडाध्यक्षहरुको हर्कत: पत्रकार र प्रहरीलाई समेत हातपात

2019-09-05

Lumbini, Gulmi, Resunga

बुटवल–बिहीवार  गुल्मीको रेसुङ्गा नगरपालिका मेयर डिल्लीराज भुसाल र प्रमुख प्रशासकीय अधिकृत  भक्तिराम मरासिनीको कार्यकक्षमा  बुधवार लगाइएको ताला खोल्न प्रहरी पुगेको थियो ।  बन्द गरिएको ताला प्रहरीले खोल्ने क्रममा तालाबन्दी गर्ने नेपाली काँग्रेसबाट विजयी वडाध्यक्षहरु र अन्य जनप्रतिधिहरु किन ताला खोलेको ? भन्दै प्रहरीमाथि जाइलागे । त्यस क्रममा  प्रहरीले पनि केही वडाध्यक्षहरुलाई समातेर तान्यो । त्यसपछि त्यहाँका केही वडाध्यक्षहरुले देखाएको हर्कत बढीनै देखिन्थ्यो । त्यहाँ  खटिएको प्रहरीहरुको कठालो समातेर कुटपिटमा उत्रिनेदेखि क्यामेरा खिचिरहेका पत्रकारहरुलाई समेत नखिच भन्दै धम्क्याउँदै र हातपात गर्ने प्रयाससम्मको दृश्य देखियो ।

जिम्मेवार वडाध्यक्ष र कार्यापालिकाका महिला सदस्यहरुले मुखमा जे आयो त्यही बोलिरहेका थिए । वडाध्यक्षहरु नै  प्रहरीलाई हातपात गर्न उत्रिएपछि कार्यापालिका सदस्यहरु पनि प्रहरीलाई झम्टिँदै थिए । उनीहरुको आक्रमणबाट प्रहरी निरिहजस्तो भएर पछाडि हट्यो  । उनीहरु नगरपालिकाको गेटबाट निस्किएपछि जनप्रतिनिधिहरुबाट च्यानल गेट लगाइयो र जथाभावी बोल्ने कार्य रोकिएन ।

यस्तो थियो कारण  आफ्नो संगठननिकट एक शिक्षकलाई प्रधानध्यापक नियुक्ति गर्न नपाएको झोंकमा उनीहरुले बुधबार र बिहिवार समेत नगरपालिकाका कर्मचारी, पत्रकार, प्रहरीमाथि हातपातमा उत्रिएर उदण्ड मच्चाएका हुन् ।  तम्घासको महेन्द्र नमुना माध्यामिक विद्यालयका प्रधानध्यापक  आमा बिरामी भई विदामा बसेका बेला नेपाली काँग्रेस निकट विद्यालय ब्यवस्थापन समितिका  अध्यक्ष चुरामणि पन्थी सहितको टोलीले सहायक प्रधानध्यापक युवराज ज्ञवालीलाई साउन ९ गते प्रधानध्यापक नियुक्ति गरे ।

त्यसविरुद्ध रेसुङ्गा नगरपालिकामा उजुरी परेपछि नगरपालिकाले उक्त नियुक्तिको निर्णय बदर गरि प्रधानअध्यापक थापालाई नै सो पदको कामकाज गर्ने गरि प्रधानाध्यापकको छनौटको प्रकृया अगाडी बढाउन पत्र पठाएको थियो । त्यसविरुद्ध नेपाली काँग्रेसबाट विजयी वडाध्यक्ष  सहितका जनप्रतिनिधिहरुले मेयर डिल्लीराज भुसाल र प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीको कार्यकक्षमा तालबन्दी गरे । त्यसअघि आफुमाथि हातपात र टेबुल फुटाउने समेतका दुव्र्यवहार हुन थालेपछि आफुलाई कुट्ने डरले भागेको मरासिनीले बताए । 

मेयर भुसाल भने काठमाडौंमा छन् । अन्य कर्मचारीमाथि पनि हातपात गरेर वडाध्यक्षहरुले गुण्डागिरीको शैली प्रकट गरेको  त्यहाँका कर्मचारी र प्रहरीले बताएका  छन् ।    महिला सदस्यहरुले प्रहरीको कठालो समातेको दृश्य पत्रकारहरुले खिचिरहेका बेला वडाध्यक्ष भरत भलामीले पत्रकारहरुमाथिनै हातपात गरे । नेपाल पत्रकार महासंघ गुल्मीका कोषाध्यक्ष तथा नेपाल टेलिभिजनका सम्वादातालाई  फोटो नखिच्न आग्रह गर्दै उनले हातपात गरेका हुन् ।  वडाध्यक्ष भलामी, वडा नम्वर १२ का वडाध्यक्ष कुलबहादुर टण्डन, वडा नम्वर १३ का वडाध्यक्ष खुमबहादुर खत्री, वडा नम्वर ५ का  वडाध्यक्ष शोभाखर शर्मा खनालको हर्कतले सीमा नाघेको थियो ।

हातपात गरिएको होइन तानातान भएको हो

वडाध्यक्ष भरत भलामीले प्रहरीलाई आफुहरुले कुटपिट गर्न नभई धकालाधकाल मात्रै भएको  प्रतिक्रिया दिए । जनप्रतिनिधिहरुले देखाएको त्यो हर्कत अलि अशोभनीय भएन र ? भन्ने प्रश्नमा उनले भने– ‘प्रहरी र पत्रकार माथि त हामीले हातपात गरेका होइनौं, तानातान मात्रै भएको हो, हामी जनप्रतिनिधिहरुलाई पनि प्रहरीले सुरुमा हाता हाल्दाको पनि त आवाज उठ्नु पर्ने होला नि ?’ उनले दुई जना वडाध्यक्षलाई प्रहरीले समातेर तानेको समेत दाबी गरे । उनले भने, ‘कानुनी रुपम मै समाधान गर्छौं भनेर हामी शुक्रवार प्रमुख प्रशासकीय अधिकृतलाई भेट्न गएका थियौं, त्यसपछि पनि माग सम्वोधन नभएपछि तालाबन्दी गरेका हौं ।  त्यो हाम्रो नगरपालिका भित्रको आन्तरिक  द्धन्द्ध हो त्यसमा प्रहरीले किन हस्ताक्षेप गर्न पुग्यो ?’

त्यसविरुद्ध नेपाल निजामती कर्मचारी संगठन गुल्मीले  विज्ञप्ति जारी गरि जनप्रतिनिधिहरुले रेसुङ्गा नगरपालिकाका राष्ट्र सेवक कर्मचारीलाई कार्यालय मै पुगेर गरिएको अमानवीय र अभद्र ब्यवहारविरुद्ध निन्दा गरेको छ । यसैबीच  पत्रकार अनिल खत्रीप्रति भएको अभद्र ब्यवहार विरुद्ध पनि नेपाल पत्रकार महासंघ गुल्मीले खेद प्रकट गरेको छ । 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 20
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Rupandehi

0 Comments