Incident Reports

मेलम्ची खानपानी आयोजना क्षेत्रमा जिल्ला प्रशासन कार्यालयद्वारा कर्फ्यू आदेश जारी

2019-09-07

Bagmati, Sindhupalchok, Melamchi


मेलम्ची खानेपानी आयोजनाका मजदुरहरूले आफ्नो पारिश्रमिक पाउनु पर्ने माग गर्दै आन्दोलन गरेको तेस्रो दिन भदौ २० गते जिल्ला प्रशासन कार्यालयले मेलम्ची खानेपानी आयोजनास्थल वरपर कर्फ्यू लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को (३) क अनुसार मेलम्ची खानेपानी आयोजनाको कार्यालय, मुहान, सुरुङ एरियामा हुलदङ्गा र अशान्ति हुन सक्ने सम्भावना देखिएकोले अर्को आदेश नभएसम्म अम्बाथान हेलम्बु गाउँपालिका–१, खानेपानी कार्यालय मेलम्ची नपा–११, ग्याल्थुम सुरुङमार्ग हेलम्बु गाउँपालिका–८ र सिन्धु सुरुङमार्ग जाने बाटो मेलम्ची नपा–१२ मा बिहान १० बजे देखि बेलुकी ५ बजेसम्म हुलदङ्गा गर्ने उद्देश्यले एकै ठाउँमा ५ जना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी कर्फ्यूको आदेश जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

मेलम्ची खानेपानी आयोजनाका मजदुरहरूले आफूले पाउनु पर्ने पारिश्रमिक पाउनु पर्ने माग गर्दै भदौ १८ गतेदेखि आन्दोलन गर्दै आएका छन् ।

आन्दोनकारीहरूको शान्तिपुर्ण आन्दोलनलाई दबाउन प्रमुख जिल्ला अधिकारीले कर्फ्यूको घोषणा गरेको आन्दोलनकारीहरूको आरोप छ ।

शान्ति सुव्यवस्था कायम गर्ने उद्देश्यले स्थानीय प्रशासन ऐनले तोकेको अधिकार प्रयोग गरेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन् ।

नातिबावु धिताल

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
INSEC

0 Comments