Incident Reports

गुठी विधेयकको विरोधमा हेटौंडामा प्रदर्शन

2019-06-16

Bagmati, Makawanpur, Hetauda

 सरकारले ल्याउन खोजेको गुठी सम्बन्धी विधेयक खारेज हुनुपर्ने माग गर्दै हेटौडामा प्रदर्शन भएको छ । मकवानपुरका विभिन्न जातजातिसँग सम्बन्धित युवाहरुले स्वतन्त्र रुपमा प्रदर्शन गरेका हुन् । हेटौंडाको सीमाचोकबाट सुरु भएको याली बजार  पश्चात पुन: सीमाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्ने युवाहरुले विनाशर्त गुठी विधेयक खारेज हुनुपर्ने माग गरेका थिए । गुठी धर्म संस्कृति र पहिचान भएको भन्दै उनीहरुले विधेयक खारेज नहुन्जेल सरकारका विरुद्ध विरोध प्रदर्शन जारी रहने चेतावनी दिएका थिए ।

'भूमाफियाको चलखेलमा परेर सरकारले गुठी विधेयक ल्याएको हो', विकेशलाल श्रेष्ठले भने, 'सरकारको यो गलत निर्णयका विरुव हामी सबै एक हुनु आवश्यक छ । कुनै पनि हालतमा सरकारले यो विधेयक फिर्ता लिनुको विकल्प छैन ।

यस्तै अर्का युवा संगीत श्रेष्ठले सरकारले नेपालको धर्म संस्कृति मास्न लागिपरेको भन्दै गुठी विधेयकप्रति आम नेपाली असन्तुष्ट रहेको बताए । 'सम्बन्धित सरोकारवालाहरुसंग कुनै सल्लाह नै नगरी ल्याइएको यो विधेयकले धेरैलाई सशंकित पारेको छ', उनले भने, 'सरकार किन मनलाग्दी ढंगले अघि बढ्दैछ हामीले बुझ्न सकेका छैनौं ।

'कोणसभामा आफ्नो धारणा राखै अर्का युवा निरज श्रेष्ठले गुठी विधेयक फिर्ता  नहुन्जेल प्रदर्शन र आन्दोलनका कार्यक्रम जारी रहने चेतावनी दिए गुठी विधेयक फिर्ता गराउन सरकारलाई दवाव दिने उद्देश्यले विरोध प्रदर्शन गरेको जानकारी दिइएको छ ।  


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Access/control of public land
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Makwanpur

0 Comments