Incident Reports

विद्यालयमा अनिश्चितकालिन तालाबन्दी

2019-06-19

Sudurpashchim, Baitadi, Patan, Ward 10

तलब नपाएको भन्दै बैतडीको पाटन नगरपालिका १० हतासमा रहेको ब्रह्म आधारभुत विद्यालयमा बुधवारदेखि अनिश्चितकालिन तालाबन्दी गरिएको छ। उक्त विद्यालयमा कार्यरत निजी श्रोतका ३ जना शिक्षकहरुले बिगत २ वर्षदेखि तलब नपाएको भन्दै तालाबन्दी गरेका हुन्।

वि स २०७४ सालदेखि आफूहरुले तलब नपाएको निजी स्रोतका शिक्षक तेजराज पन्तले जानकारी दिनुभयो । वि स २०६६ सालदेखि आफू निजी श्रोतमा कार्यरत रहेको बताउदै शिक्षक पन्तले अनुदानको कोटामा निजी श्रोतका शिक्षकलाई राख्ने निर्णय समेत विद्यालय व्यवस्थापन समितिले कार्यान्वयन नगरेको उहाँको आरोप रहेको छ।

विद्यालय व्यवस्थापन समितिले निजी श्रोतमा कार्यरत शिक्षकलाई राहत तथा अनुदान कोठा आएराख्ने निर्णय गरेपनि यसअघि आएको राहत कोटा पनि नदिएको उनीहरुको भनाई रहेको छ ।

हाल पनि अनुदान कोटा आएपनि खुल्ला विज्ञापन गरेर आफूहरुमाथि अन्याय गरेकोले विद्यालयमा तालबन्दी गर्न बाध्य भएका उनीहरुको भनाई रहेको छ। यता विद्यालयका प्रधानाध्यापक टिकाराम भट्टले विद्यालयसंग आर्थिक स्रोत नभएकोले उनीहरुलाई तलब दिन नसकिएको बताए ।

विद्यालयले तलबका लागी आर्थिक श्रोत जुटाइरहेकोले यही असार मसान्तसम्म सबै को तलब उपलब्ध गराउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवदत्त भट्टले बताए। निजी श्रोतका शिक्षकसंग कोटा आएपछी राख्ने सहमती भएपनि बिरोध भएकोले बुल्ला विज्ञापन आह्वान गरिएको उहाँले बताए । वि स २०४९ सालमा स्थापना भएको उक्त विद्यालय २०६६ सालदेखि कक्षा ८ सम्मको पढाई हुदै आएको छ।

२०६६ सालमा कक्षा ८ सम्मको पढाई सुरु गरेसगै रतन सिंह महरा, चन्द्रदेव भट्ट र तेजराज पन्तलाई निजीश्रोतवाट शिक्षक राखेको थियो शिक्षकहरुले नै विद्यालयमा तालाबन्द गरेपछी विद्यार्थीको पढाई समेतप्रभावित भएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
Local Newspaper - Kanchanpur

0 Comments