Incident Reports

कार्यपालिका बैठकमा भयो कुर्सी हानाहान

2019-06-22

Madhes, Bara, Jitpur Simara

जीतपुर सिमरा उपमहानगरपालिकाको कार्यपालिका बैठकमा शनिवार कुर्सी हानाहान भएको छ।

आर्थिक वर्ष २०७५।०७६ को आम्दानी र खर्च पारदर्शी नगरेको आरोपमा यस्तो भएको हो । आर्थिक वर्ष २०७६/०७७ कोलागि आएको कुल बजेट एक अर्ब २८ करोड ८५ लाख ६६ हजारको बाड्फाड गोप्य राखेको आरोप लगाइएको हो। नगरस्तरीय बजेट थुपारेर कार्यकर्ता पाल्ने खेलमा लागेको लगायतको आरोप लगाउँदै कुर्सी हानाहान भएको हो। नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका सात जना वडा अध्यक्षहरुले कुर्सी हानाहान तथा फालाफाल गरेका थिए । उनीहरुले कार्यपालिका बैठकमै नाराबाजी गरे। मेयर डा. कृष्ण पौडेललाई कालो झण्डा देखाएका थिए । केही बेर उनीहरु हातमा कालो कपडा बाँधी मूल गेटमा प्रदर्शन समेत गरेका हुन् वडा नं.७ का वडा अध्यक्ष रामबाबु गुप्ताले कार्यपालिका बैठकमा आफूहरुलाई निर्णय पुस्तिकामा नोट अफ डिसेन्ट लेख्न नदिइएको जनाए। निर्णयको माईन्युटमा आफनो असहमति जनाउन नपाउँने भनी उनले प्रश्न गरे । नगरपालिकाको ३७ र ३८ औं कार्यपालिका बैठकको माईन्युटमा नोट अफ डिसेन्ट लेख्ने अधिकारको पनि मेयरले बहुमतको दम्भमा लेख्न नदिएको आरोप लगाए। 

वडा नं.१० का वडा अध्यक्ष सरोज पटेलले कार्यपालिका बैठकमा जम्मै नगरस्तरीय बजेटमा राख्ने प्रपञ्च गरिएको जनाए । आफना पाटीका वडा अध्यक्ष जितेको ठाउँमा खर्च गर्ने तर अरु पाटीले जितेका वडामा षडयन्त्रपूर्वक फ्रिज गराउने खेलमा मेयर,उपमेयर लागेको आरोप पटेलले लगाए। 

आर्थिक बर्ष २०७६/०७७ कोलागि न्युनतम वडामा ६० लाख र बाँकी जनसङख्या र क्षेत्रफलको हिसाबले बाड्ने गरेको निर्णयको उनीहरुले विरोध गरेका हुन् । कम्तीमा पनि वडामा १ करोड रुपैया पठाउनुपर्ने माग उनीहरुको हो। नेपाली काग्रेस र राजपाका वडा अध्यक्षहरुले लगाएको आरोपको बिषयमा जानकारी लिन मेयर डा. कृष्ण पौडेलसँग फोन सम्पर्क गर्न खोज्दा बारम्बार फोन काटेका थिए । जीतपुरसिमरा उपमहानगरपालिकाले यही असार १० गते नगर सभा राखेका छ। कार्यपालिकामा ३४ सदस्यमध्य नेपाली काग्रेसका पाँच ,राजपाका २ जना छन् । बाँकी २७ जना नेकपाका सदस्यहरु रहेका छन्।  

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Other violent form
Weapons Other
Primary Cause Other governance issues
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Local Newspaper - Bara

0 Comments