Incident Reports

उपमेयरको विरोधले कलैयाको नीति कार्यक्रम नै रोकियो

2019-06-25

Madhes, Bara, Kalaiya

बाराको कलैया उपमहानगरपालिकामा उपप्रमुखको विरोधका कारण नगरसभाबाट प्रस्तुत गर्न लागिएको अगामी आर्थिक बर्षको बजेट निति तथा कार्यक्रम स्थगित भएको छ । मंगलबार हुने भनिएको चौथो नगर सभा अधिवेशन उपमहानगरपालिकाकी उपमेयर नेजमा खातुन र नगर सदस्यहरुको विरोधका कारण स्थगित भएको हो ।

उपमहानगरपालिकाको सभाहलमा सुुरु हुने भनिएको नगरसभामा उपप्रमुख खातुन र नगर सदस्यहरुले तालाबन्दी नै गरिदिएका छन् ।उनीहरु सभाहलमा तालाबन्दी गरेपछि केही समय धर्ना पनि दिएर बसेका थिए। नगर प्रमुख राजेश राय यादव र प्रमुख प्रशासकीय अधिकृत हरि नारायण बेल्वासले नीति विपरित नगरसभा गर्न खोजेकाले नगर सभा हुन नदिएको उपप्रमुख खातुनले बताइन । ‘विना योजना तर्जुमाकै बजेट ल्याउन लागिएको थियो, उपमेयर खातुनले भनिन, ‘मेयर यादव र प्रमुख प्रशासकीय अधिकृत बेल्बासेले आफनो मनोमानी बजेट बनाएकोले विरोध गरि तालाबन्दी गरेका हौ ।’ 

यता उप महानगरपालिकाका मेयर राजेश राय यादवले विरोध भएपछि अहिलेका लागि नगर सभा स्थगित भएको जानकारी दिएका छन्। उनले उपमेयर लगायतका व्यक्तिहरुले विरोध स्वरुप नगर सभाहलमा तालाबन्दी गरिदिएका कारण उप महानगरपालिकाको नगर सभा स्थगित गर्नु परेको बताउदै भोलिदेखि छलफल गरी पुनः नगरसभामार्फत अगामी अािर्थक बर्षको बजेट नीति तथा कार्यक्रम ल्याइने जानकारी दिए । 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Local Newspaper - Bara

0 Comments