Incident Reports

१६ वर्षमै छोरीको बिहे गर्न पाउनुपर्ने मागसहित नेपालगञ्जमा चक्काजाम

2019-07-30

Lumbini, Banke, Nepalgunj

बाँके – छोरीको बिवाह १६ वर्षमै विवाह गर्न पाउनुपर्ने माग गर्दै म‌ंगलबार दिउँसो नेपालगञ्जमा चक्काजाम गरिएको छ ।

मधेसी समुदायका केही महिलाहरुले चक्काजामसहित नेपालगञ्ज उपमहानगरपालिका घेराउसमेत गरे । चक्काजाममा सहभागी अधिकांश विवाहित महिला हुन् । 

२० वर्षमा विवाह गर्नुपर्ने कानुन मधेसी समुदायको संस्कृतिसँग मेला नखाने भएका कारण कानुनमा परिवर्तन हुनुपर्ने माग सहित विरोध प्रदर्शन गरिएको महिलाहरुले जनाएका छन् । 

उनीहरुले आफूहरुको माग पूरा गराउनुपर्ने माग गर्दै चक्काजाम सहित नेपालगञ्ज उप–महानगरपालिकामा ज्ञापनपत्र समेत बुझाएका छन् । 

स्थानीय शान्ति यादवले मधेसी समुदायमा छोरीलाई २० वर्षसम्म घरमा राख्न समस्या हुने भएका कारण समस्या देखिएका कारण उमेरहद घटाएर १६ वर्ष हुनुपर्ने आफूहरुको माग रहेको बताउनुभयो । 

२०७५ साल भदाै १ देखि लागू भएकाे मुलुकी अपराध संहितामा विवाहका लागि केटा र केटी दुवैको उमेर २० वर्ष पुगेको हुनुपर्ने प्रावधान रहेकाे छ । २० वर्ष नपुगी विवाह गराए यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने मुलुकी अपराध संहितामा उल्लेख छ । 

संहिताको परिच्छेद –११ को विवाह सम्बन्धी कसूर अन्तर्गत दफा १७३ ले २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने व्यवस्था गरेको छ । 

अहिलेसम्म महिलाको १८ र पुरुषको २० वर्षलाई विवाह गर्ने न्यूनतम उमेर मानिँदै आएको थियो । तर यो संवैधानिक र लैंगिक समानताका आधारमा ठिक र बराबरी नभएकाले केटाकेटी दुवैको विवाह गर्ने उमेर अबदेखि २० वर्ष राखिएको हो । यदि २० वर्षअघि बिहे गरेमा वा गराएमा त्यस्तो विवाह बदर हुनेछ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Banke

0 Comments