Incident Reports

मेयर र उपमेयर बीच विवाद कार्यालयमा तालाबन्दी

2019-06-24

Madhes, Mahottari, Ramgopalpur

मेयर र उपमेयर बीच विवाद उत्कर्षमा पुगेको छ ।नगर सभा को पूर्वसन्ध्यामा महोत्तरीको रामगोपालपुर नगरपालिकाका नगरप्रमुख अशोक मण्डल र उपप्रमुख सीतादेवी साह बीचको विवाद उत्कर्षमा पुगेको छ । विवाद उत्कर्षमा पुगेपछि उपप्रमुख साहले सोमबार नगरपालिका कार्यालयमा तालाबन्दी नै गरेकी छन् ।

नगरपालिकाले मंगलबारको लागि नगरपरिषदको तयारी गरेको थियो । पूर्व सन्ध्यामा उपप्रमुख साहले तालाबन्दी गरेपछि नगरपरिषद प्रभावित हुने सम्भावना बढेको छ । उपप्रमुख साहले नगरपरिषदको केहि पनि तयारी नरहेको र नगरप्रमुख मण्डल नगर भित्रको करको विषयमा कुनै चाँसो नलिई संघीय सरकारबाट प्राप्त विकास अनुदानको बजेट दुरुपयोग गर्ने गरेको आरोप लगाएकी छन् ।

वडाध्यक्षको मिलेमतोमा नगरप्रमुखले आर्थिक चलखेल गर्ने गरेको, नगरप्रमुखका स्वकीय सचिव रामजानकी मण्डल उपमेयरको अधिकारमाथि हस्तक्षेप गरेको र पटक पटक नगरप्रमुखलाई यस विषयमा गुनासो गर्दा समेत कुनै सुनुवाई नगरेपछि बाध्य भएर कार्यालयमा तालाबन्दी गरेको उपप्रमुख साहको भनाई छ । उप्रमुखले कार्यालयमा तालबन्दी गर्दै निकालेको विज्ञप्तीमा यो लडाई नगरबासीको रहेको र नगरबासीकै सहयोगमा तालाबन्दी गरेको बताएकी छन् ।

यता नगरप्रमुख मण्डलले समान्य प्रशासन मान्त्रालयको सर्कुलर अनुसार असार १० गतेभित्रै नगरपरिषद् गर्नुपर्ने र नगरे विकास बजेट रोकिने भएकाले परिषद तोकिएकै समयमा हुने बताएका छन् । एक विज्ञप्ती जारी गर्दै नगरप्रमुख मण्डलले उपप्रमुख सीतादेवी साह नगरपालिकाको सरकारी गाडी आफ्नो घरको निजी प्रयोजनको लागि प्रयोग गर्ने गरेको समेत आरोप लगाएका छन् ।

उपप्रमुखले छोराको विवाहको सरसमान किन्न तथा निमन्त्रणा वितरण समेत नगरपालिकाको सरकारी गाडी प्रयोग गरेको र मनाही गरेपछि केहि आफ्ना आसेपासेका साथ आएर कार्यालयमा तालाबन्दी गरेको नगरप्रमुखको आरोप छ ।

नगरपरिषदको पूर्व सन्ध्यामा उपप्रमुखले आफ्ना केहि मान्छे लगाएर नगरपालिका भित्र काम गरिरहेका कर्मचारीलाई दुव्र्यवहार गर्दै बाहिर निकालेर तलाबन्दी गरेको भन्दै नगरप्रमुखले घोरभत्र्सना गरेका छन् । प्रमुखले तोकिएकै समयमै नगरपरिषद् हुने भएकाले उपस्थितिका लागि समेत अनुरोध गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments