Incident Reports

७२ घण्टे अल्टिमेटमपछि बीपी प्रतिष्ठानका उपकुलपतिको कार्यालयमा ताला लगाउँदै धर्ना

2019-06-27

Province 1, Sunsari, Dharan

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित उपकुलपतिको कार्यालयमा ताला लागेको छ ।

ताला लगाइएपछि तालामाथि विज्ञप्ति पनि टाँस्दै ताला लगाइएको हो । जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले बिहीबार बिहान तालाबन्दी गरेको हो । स्नातकोत्तरको कोटामा विदेशी विद्यार्थीलाई बढी प्राथमिकता दिएर सिट छुट्याएको भन्दै सोसाइटीले ताला लगाएको हो । सोसाइटीले दिएको ७२ घण्टे अल्टिमेटम आजै सकिएको छ । ‘हाम्रो मागउपर कुनै ठोस सुनुवाई नभएकोले हाम्रो पूर्व निर्धारित संघर्षका कार्यक्रम जारी राख्न बाध्य भएका छौं’, सोसाइटीका अध्यक्ष कविराज पौडेल र सचिव डा. रौनक दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

सोसाइटीले रेक्टरको कार्यालयमा तालाबन्दी पनि ताला लगाएको छ । तालाबन्दीपछि उनीहरूले उपकुलपतिको कार्यालयअघि धर्नामा बसेका छन् । गत शनिबार प्रतिष्ठानले स्नाकोत्तर तहको एमडि र एमएसको प्रवेश परीक्षा लिएको थियो । राष्ट्रिय चिकित्सा शिक्षा आयोग निर्देशन विपरीत विदेशी विद्यार्थीलाई बढी कोटा छुट्याएको भन्दै उनीहरुले सच्चाउन ७२ घण्टे अल्टिमेटम दिएका थिए ।

जम्मा ३६ वटा विभागमा स्पोन्सर कोटामा नेपाली विद्यार्थीका लागि ४९ जनाका लागि सिट छुट्याइएको छ । ७५ जना खुल्लाबाट नेपाली विद्यार्थीका लागि सिट निर्धारण गरिएको छ । सर्जरीको ६ वटा कोटामा ४ जना विदेशीका लागि परेको छ । मेडिसिनको वटा कोटामा ३ जना विदेशी, अर्थोपेडिकमा ११ वटा कोटामा नेपालीलाई ९ वटा निर्धारण गरिएको छ । विदेशीका लागि फार्मकोलोजी १, एनेस्थेसिया ४, डर्माटोलोजी २, ग्याइनाकोलोजी २, इन्र्टन मेडिसिन ३, अर्थोपेडिक २, हेड एण्ड नेक सर्जरी २, पेडिएट्रिक ३, रेडियोलोजी १, सर्जरी र अन्य दुइै गरेर २६ वटा सिट विदेशीलाई छुट्याइएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments