Incident Reports

सांघातिक हमला गर्नेमाथि कारवाहीको माग गर्दै काँग्रेसद्वारा नेपालगन्जमा विराेध -याली

2019-09-14

Lumbini, Banke, Nepalgunj

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले पार्टीका बाँके जिल्ला सभापति किरण कोइरालासहितका एक दर्जन बढी नेता, कार्यकर्तामाथि सांघातिक हमला गर्नेमाथि कडा कारवाही गर्न सरकारसँग माग गर्दै नेपालगन्जमा विरोध र्याली निकालेको छ ।

पार्टीका बाँके जिल्ला सभापतिमाथि सत्तारुढ नेकपाकै संलग्नतामा सांघातिक आक्रमण गरेको दावी गर्दै दोषीलाई पक्राउ गरी कडा कारवाही गर्न माग गर्दै शनिबार दिउँसो नेपालगन्माजमा विरोध प्रर्दशन गरिएको हो ।

बत्ती बालेर गरिएको सांकेतिक विरोध प्रदर्शनमा सहभागी कार्यकर्ताहरुले सरकार विरुद्ध जमेर नाराबाजी गरे, उनीहरुले सितापुर घटनाका दोषीलाई कारबाहीको माग गरे । शुक्रवार पनि त्यही ठाउँमा एक घण्टा चक्काजाम गरेका काँग्रेस कार्यकर्ताहरुले टायर बालेर सरकार विरुद्ध चर्का नाराबाजी सहित प्रदर्शन गरेका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people N
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Banke

0 Comments