Incident Reports

उद्योगले प्रदूषण निम्त्याएको भन्दै स्थानीयवासी आन्दोलित

2019-07-30

उद्योगले प्रदूषण निम्त्याएको भन्दै स्थानीयवासी आन्दोलित बनेका छन् । नवलपरासी पूर्व नवलपुरको देवचुली नगरपालिकामा रहेको चौधरी उद्योग ग्रामबाट निस्कने धूलोले स्वास्थ्यसहित जनजीवनमा नै समस्या पारेको भन्दै स्थानीयवासी आन्दोलित बनेका हुन् ।

चौधरी ग्रुपको चौधरी ग्रुप अफ इण्डष्ट्रियल उद्यान दुम्कौलीभित्र सञ्चालनमा रहेको भुसे बोइलरबाट अत्यधिक मात्रामा खरानी निस्कने गरेको र यसले जनजीवन नै प्रभावित भएको भन्दै स्थानीयवासी आन्दोलित बनेका हुन् । स्थानीयवासीले उद्योगबाट निस्कने धूलो, धूवाँको उचित व्यवस्थापन गर्न उद्योगले पहल नगरेको भन्दै उद्योगअगाडि एक घन्टा धर्नासमेत दिएका थिए।

उद्योगले धूलो, धूवाँ व्यवस्थापनका लागि कुनै पहल नगर्दासम्म दैनिकरूपमा एक घन्टा उद्योग अगाडि.धर्ना दिने स्थानीयवासी सुकमाया विश्वकर्माले बताइन् । उद्योगमा इन्धन उत्पादनका लागि बालिने भुसबाट खरानी उडेर घर, आँगन, करेसाबारी, खाना पकाउने भान्सासम्म पुग्ने गरेको विश्वकर्माले बताइन् । “कपडा सुकायो खरानीले पुरिन्छ, भान्सामा पकाएको खानासमेत सफा हुन पाउँदैन”, स्थानीय सुकमायाले भनिन्, “यसको नियन्त्रणका लागि उद्योगले कुनै पहल नगर्दा धेरै समस्या भएको छ।" उद्योगबाट निस्कने खरानी धूलोले असर पुयाएको भन्दै आफूहरूले उद्योग प्रशासनलाई पटकपटक यसको व्यवस्थापनका लागि आग्रह गर्दासमेत कुनै सुनुवाइ नभएपछि आन्दोलित हुनु परेको मिलन टोल सुधार समितिका अध्यक्ष चिनीबहादुर सुनारले बताए।

उद्योग प्रशासनसँग छलफल गर्दा अत्यधिक खरानी धूलो उड्ने समस्या समाधानका लागि पहल गर्ने मौखिक आश्वासन दिने गरेको भए पनि नियन्त्रणमा भने कुनै काम नभएको अध्यक्ष सुनारले बताए। उद्योगबाट धूलोसँगै दुर्गन्धसमेत फैलिएकोप्रति स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले उद्योग प्रशासनले यसको व्यवस्थापनका लागि पहल नगरे थप कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । 

उद्योगले भने स्थानीयवासीले भनेजस्तो मापदण्डविपरीत धूलो निस्किने नगरेको बताएको छ। उद्योगका जनसम्पर्क अधिकृत रामचन्द्र धितालले स्थानीयवासीले भनेअनुसार उद्योगबाट धूलो निस्किने नगरेको बताए। उद्योगले अहिले आधुनिक प्रविधिबाट ऊर्जा उत्पादन गर्ने गरेको तर सो प्रविधिको चार पाँच महिनामा मर्मत गर्नुपर्ने र मर्मतको समयमा केही दिन भुसे बोइलर सञ्चालन गरिने गरेको उनले बताए। मर्मतको समय केही दिन यसको सञ्चालन गरिए पनि यसबाट समेत सामान्य धूलो उड्ने गरेको तर मापदण्डविपरीत नै धूलो निस्कने नगरेको जनसम्पर्क अधिकृत धितालले बताए। उनले यो अवधिमा स्थानीयवासीलाई | यसको पूर्वसूचना दिएर मर्मत गरिने गरेको बताए। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments