Incident Reports

३ थान भरुवा बन्दुक बरामद

2019-09-16

Sudurpashchim, Kailali, Gauriganga, Ward 6

कैलाली, ३० भदौ    गौरीगंगा नगरपालिका-६ स्थित आनन्द सामुदायिक वनबाट आइतबार साँझ ३ थान भरुवा बन्दुक बरामद भएको छ ।  ईलाका वन कार्यालय चौमालाबाट वन रक्षकको गस्ती टोलीले गस्ती गर्दै जाँदा चोरी शिकारी गर्ने अपरिचित ४/५ व्यक्तिहरुले  देख्नासाथ उक्त बन्दुक फाली फरार भए पश्चात उक्त बन्दुक बरामद भएको हो  ।     घटनाको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरfहेको छ ।

0 Comments