Incident Reports

पाँच दिनदेखि गाउँपालिका कार्यालय र स्वास्थ्यचौकीमा स्थानीयद्वारा तालाबन्दी

2019-09-15

Karnali, Humla, Chankheli

पाँच दिनदेखि चङ्खेली गाउँपालिका कार्यालय र सोही गाउँपालिका–२ मा रहेको पिप्लाङ् स्वास्थ्यचौकी स्थानीयले तालाबन्दी गरेका छन् ।

सो गाउँपालिका जनप्रतिनिधि र स्वास्थ्यचौकीका कर्मचारी नियमित कार्यालयमा नबस्ने र गएको भदौ २७ गते पिप्लाङ स्वाथ्यचौकीमा कार्यारत ४० वर्षीय अहेव लालबहादुर शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएपछि खोजी गर्न गाउँपालिकाले ढिलाइ गरेको भन्दै स्थानीयले ताला लगाएको स्थानीय धुर्वराज शाहीले बताए ।

स्थानीय बासिन्दाले गरेको माग अनुसार गाउँपाकिलामा भएको अनियमितता ढाक छोप लाई सार्वजनिक गर्ने, पानीमा हाम फालेर बेपत्ता भएका अहेव शाहीको हेलिकप्टरबाट खोजी गर्ने, बेपत्ता भएका शाहीलाई सरकारले दिने सुविधा सहित गाउँपालिकाले थप गर्ने, बेपत्ता शाहीको सत्यतथ्य निष्पक्ष रूपमा छानविन गर्ने र गाउँपालिका जनप्रतिनिधि गाउँपालिकामा नियमित नगर्दासम्म सो कार्यालयको ताला नखल्ने देउली प्रहरी चौकीलाई उद्घृत गर्दै जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी रामप्रसाद घर्तिमगरले बताए ।

सो कार्यालय तालाबन्दी गरेपछि यतिखेर सेवाग्राही विभिन्न सेवा र औषधि उपचारबाट वञ्चित भएको सो गाउँपालिका उपाध्यक्ष विमला शाहीले बताइन् ।

स्थानीयद्वारा गाउँपालिकामा ताला लगाउनु भन्दा पहिले गाउँपालिकाले गरेको अनियमितताको छानविन गर्नुपर्ने, गाउँपालिकाको आर्थिक विवरण सत्यतथ्य बाहिर ल्याउनु पर्ने र नियमित रूपमा कर्मचारीहरू बस्नु पर्ने जस्ता माग गर्दै गाउँपालिकामा धर्नासमेत गरेको उपाध्यक्ष शाहीले बताइन् ।

यसैका बारेमा गाउँपालिका अध्यक्ष धनलाल चौलागाइँले जनप्रतिनिधि, स्वास्थ्यकर्मी र स्थानीय छलफलमा बसेर स्थानीयले अघि सारेका पाँच बुँदे माग गाउँपालिकाले तत्कालै कार्यन्वयमा ल्याउने प्रतिबद्धता जनाए ।

नन्द सिंह

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Secondary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC

0 Comments