Incident Reports

निस्कासीत पत्रकारको पुनर्वहालीको माग गर्दै पत्रकार महासंघ आन्दोलीत, आज सातै प्रदेशमा प्रदर्शन

2019-09-22

Bagmati, Kathmandu, Kathmandu

 नेपाल पत्रकार महासंघले रेडियो नेपालका पत्रकार निस्कासन गरिएको विरोधमा आज काठमाडौ सहित सातै प्रदेशमा प्रदर्शन गर्न लागेको छ ।

महासंघको केही दिन अगाडी बसेको बैठकले रेडियो नेपालमा श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक लागू गर्न र रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायल लगायत देशभरका श्रमजीवीको रोजगारी नखोस्न दबाब दिने निर्णय गरेको थियो ।

दवावका लागि महासंघले आज काठमाडौको अनामनगरस्थित हनुमानस्थानमा दिउंसो १.३० बजे विरोध प्रदर्शन गर्न लागेको महासंघका सचिव रामप्रसाद दाहालले जानकारी दिनुभयो ।

यस्तै रेडियो नेपालका सबै प्रदेश प्रशारण केन्द्रमा पनि आज धर्नालगायत आकस्मिक विरोधका कार्यक्रम आयोजना गरिएको उहाँले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Journalist/Media
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments