Incident Reports

टेण्डर नगरिएको भन्दै ट्याक्टर चालक र मजदुरले गरे नगरपालिका घेराउ

2019-09-22

Karnali, Surkhet, Birendranagar

बालुवा उत्खननको लागि टेण्डर नगरिएको भन्दै ट्याकटर व्यवसायीहरूले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको कार्यालय घेराउ गरेका छन्।

आइतबार ट्याक्टरहरूद्वारा साहु र मजदुरहरूले नगरपालिकाको कार्यालय घेराउ गरेका हुन्।

बालुवा उत्खननका लागि टेण्डर नहुँदा आफूहरू कामविहीन भएको भन्दै उनीहरूले टेण्डर गर्न माग गर्दै कार्यालय घेराउ गरेका हुन्।

असोज १ गते नै बालुवा उत्खननका लागि खुला गर्नुपर्ने भए पनि वीरेन्द्रनगरले नखोलेपछि कमाइ गर्ने बाटो बन्द भएको ट्याक्टर चालक तुलाराम बाँस्कोटाले बताए।

‘असोज १ गते नै खोल्नुपर्ने हो, नगरपालिकाले नखोलेपछि हाम्रो कमाइ गर्ने बाटो नै बन्द भएको छ,’ बाँस्कोटाले भने, ‘दसैं आइसक्यो हामीले खर्च जुटाउने कसरी? जहान, केटाकेटी कसरी पाल्ने? जनप्रतिनिधिले हाम्रो लागि पनि त सोच्नुपर्‍यो।’

असार १ गतेदेखि ढुंगा, गिट्टी तथा बालुवा उत्खनन् कार्य बन्द गरिएको थियो।

नियमानुसार असोज १ गतेबाट नै उत्खनन् गर्ने वातावरण मिलाउनुपर्ने भए पनि वर्षा नरोकिएको र अन्य विविध कारण नखोलिएको वीरेन्द्रनगर नगरपालिकाका उपमेयर मोहनमाया ढकालले बताइन्।

ट्याक्टर चालक तथा मजदुरहरूले नगरपालिका घेराउ गरेपछि भएको वार्ता भएको थियो।

वार्ताका क्रममा बन्दकर्ताहरूलाई टेण्डर गर्ने तयारी भएकोबारे जानकारी गराइएको नगरपालिकाका सूचना अधिकारी दीपेन सुवेदीले जानकारी दिए।

उनका अनुसार सोमबार ढुंगा, गिट्टी तथा बालुवा उत्खननका लागि टेण्डर आह्वान गरिनेछ।

‘सोमबार नै टेण्डर हुने गरी कार्यालयको निर्णय भइसकेको छ, यही कुरा हामीले ट्याक्टर चालक तथा मजदुरहरूलाई जानकारी गराएका छौं,’ उनले भने, ‘उहाँहरूको माग दसैंअघि नै खोल्नुपर्छ भन्ने हो, टेण्डर नै १५ दिनको हुने भएकाले त्यो त सम्भव नहोला।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of other natural resources (forest, minerals)
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments