Incident Reports

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहित तीनजनालाई दुर्व्यवहार

2019-09-24

Gandaki, Kaski, Pokhara Lekhnath

पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर बुद्धिबहादुर थापा, डिन डा. नरेन्द्र गुरुङ तथा निमित्त निर्देशक डाक्टर राजेश अधिकारीलाई असोज ७ गते अखिल क्रान्तिकारीका केन्द्रीय सचिव क्षितिज सापकोटाको नेतृत्वमा गएका विद्यार्थीहरूले नियन्त्रणमा लिएर दुर्व्यवहार गरेका छन् ।

अस्पतालमा बिरामीले घण्टौँ कुरेर पनि उपचार गर्न नपाउने अवस्था रहेको र त्यो अवस्थाको अनुभूति गराउनको लागि भिसी, डिन र निर्देशकलाई नियन्त्रणमा लिएको सापकोटाले बताए ।

विद्यार्थीले नियन्त्रणमा लिएपछि तीनैजना पदाधिकारीले साधारण बिरामी सरह टिकट काटेर स्वास्थ्य जाँच गराएका थिए ।

साधारण बिरामी सरह लाइनमा बसेका उपकुलपति थापाले अस्पतालको सेवा सर्वसुलभ गराउनका लागि जनशक्तिको अभावका कारण समस्या रहेको बताए । यद्यपी पहिले भन्दा अहिले अस्पतालको सेवा धेरै सहज भएको उपकुलपति थापाको दावी छ ।

बिरामी र आफन्तजनले भोगिरहेको पीडा महसुस गराउन पदाधिकारीहरूलाई नियन्त्रणमा लिएकोमा केही घण्टामै रिहा गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सचिव सापकोटाले बताए ।

सुशन घिमिरे

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 10
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth youth
INSEC

0 Comments