Incident Reports

गाउँपालिका भवन शिलान्यास कार्यक्रममा नेकपाको अवरोध

2019-09-29

Gandaki, Tanahun, Rhishing, Ward 7

ऋषिङ गाउँपालिकाको नयाँ भवनको शिलान्यास गर्ने कार्यक्रमलाई सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरूले अवरोध गरेका छन् ।

सो गाउँपालिकाको वडा नम्बर ७ को पोखरीभञ्ज्याङमा असोज १२ गते आयोजना गरिएको गाउँपालिकाको भवन शिलान्यास कार्यक्रमलाई नेकपाका कार्यकर्ताहरूले अवरोध गरेका थिए ।

भवन शिलान्यास कार्यक्रममा आएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री डा. मिनेन्द्र रिजाललाई नेकपा कार्यकर्ताहरूले बाटोमा अवरोध गरेका थिए ।

नेकपा कार्यकर्ताहरूले भिमाद–ऋषिङ सडक खण्डको चार/पाँच ठाउँमा रुख ढालेर अवरोध गरेका थिए । साथै हातमा लाठी लिएका नेकपा कार्यकर्ताहरूले डा. रिजाललाई तिन घण्टा घेरा हालेर राखी कार्यक्रम स्थलमा जान रोक लगाएका थिए ।

आफ्ना नेतालाई नेकपाका कार्यकर्ताले अवरोध गरेको सूचना पाएपछि भिमादबाट ठुलो सङ्ख्यामा नेपाली कांग्रेसका कार्यकर्ताहरू गएपछि नेकपाका कार्यकर्ताहरू पछि हटेका थिए ।

सम्भावित भिडन्त रोक्न प्रहरी परिचालन गरिएको र कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी बिनोद सिलवालले बताए ।

गाउँपालिकाले सर्वसम्मत रूपमा वडा नम्बर ७ को पोखरीभन्ज्याङमा नयाँ भवन बनाउने निर्णय गरी सोही अनुसार शिलान्यास कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । सो भवन ३ करोड ६१ लाखको लागतमा निर्माण गरिने अध्यक्ष श्रेष्ठले बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरूले भने तत्कालिन सर्वदलीय संयन्त्र र जिल्ला स्तरको प्राविधिक समितिको सिफारिस र निर्णय विपरीत पोखरीभञ्ज्याङमा गाउँपालिकाको भवन बनाउन लागिएको भन्दै कार्यक्रम अवरोध गरेको जनाएको छ ।

सोही गाउँपालिका घर भएका नेकपा जिल्ला कार्यालय सचिव राजेश्वर ढकालले राजपत्रमा प्रकाशित सूचना र सर्वदलीय सहमति विपरीत गाउँपालिकाले केन्द्र सार्ने सम्बन्धमा गरेको निर्णय आफूहरूलाई मान्य नहुने बताए ।

उनले कार्यक्रम स्थलमा जम्मा भएका नेकपाका कार्यकर्ताले गाउँपालिकाको केन्द्र बनाउने निर्णयमा आफूहरूको असहमति रहेको भन्दै शिलान्यास नगर्न प्रमुख अतिथि रिजाललाई अनुरोध गरिएको बताए ।

शिलान्यास पछि बोल्दै कांग्रेस नेता रिजालले लोकतन्त्रमा विरोध गर्न पाइने भएपनि भौतिक रूपमा आक्रमण गरी कार्यक्रममा अवरोध गर्ने कार्य लोकतन्त्र विरोधी भएको बताए ।



प्रकाशचन्द्र भट्टराई

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Program Interference/Obstruction
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Left Alliance (CPN-MC, UML & others)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth noyouth
INSEC

0 Comments

Related Trend Analysis