Incident Reports

पेस्तोलसहित नागढुंगाबाट दुई जना पक्राउ

2019-10-02

Bagmati, Kathmandu, Chandragiri, Ward 2

काठमाडौं– प्रहरीले कटुवा पेस्तोलसहित काठमाडौंको नागढुंगाबाट दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले मंगबार चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीको धरानका २४ वर्षीय शैलेस तामाङ र दाङ घाराहीका २० वर्षीय उज्वल गिरीलाई रहेको प्रहरीले जनाएको छ । 

बुटवलबाट काठमाडौं आउँदै गरेको लु१ख ९९८८ नम्बरको बस चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको साथबाट एउटा कटुवा पेस्तोल र एक थान गोली बरामद गरेको प्रहरीले जनाएको छ । मनगरीय प्रहरी प्रभाग नागढुंगाले पक्राउ परेका दुबै जनालाई अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको छ ।

0 Comments