Incident Reports

ज्ञानेन्द्र शाहीमाथिको आक्रमणविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

2019-09-29

Bagmati, Kathmandu, Kathmandu

ज्ञानेन्द्र शाहीलाई चितवनमा शनिबार नेकपा कार्यकर्ताहरु आक्रमण गरेको भन्‍दै आइतबार माइतीघर मण्डलामा ‘नेपालका लागि नेपाली’ राष्ट्रिय अभियानका अभियन्ताहरुले प्रदर्शन गरेका छन्।

उनीहरुले नेकपा नेतृत्वको सरकारले शाहीमाथि सांघातिक आक्रमको घोर भत्सना गर्दै दोषीमाथि कार्बाहीको माग गरेका छन्। उनीहले भ्रष्टाचार विरुद्ध अभियानमा लाग्‍नेहरुमाथि मार्ने उद्देश्‍य राखेर आएकाहरु कम्‍युनिष्ट, समाजवादी पार्टी नभइ फासिष्ट प्रवृतिका, आपराधिक मानसिकता बोकेकाहरुले झुण्ड भएको आरोप लगाए।

उनीहरुले वर्तमान सरकार र पार्टीको कब्जामा सर्वोच्चमा अदालत, प्रहरी प्रशासन लगायत संवैधानिक निकायहरुरहेको आरोप लगाए। अभियानका संयोजक सुरेन्द्र भण्डारी बोल्‍दै भने, ‘ यस्तो सरकारका प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ। प्रचण्डको छोरीले मेयर पदबाट राजीनामा दिनुपर्छ। अदालतमा हातमा लिएका छन्। प्रहरी प्रशासनलाई हातमा लिएर दुइ तिहाइको दम्भ हटाउनुपर्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले यी चारजना नाइकेहरु (प्रचण्डकी छोरी रेनु दाहाल, प्रचण्ड, योगेश,एसपी दानबहादुरलाई कारबाही गर्नुस् ।’

ज्ञानेन्द्र शाहीको ज्‍यानमाथि तलमाथि भए केपी ओली, प्रचण्ड र गृहमन्त्री बादलले राजीनामा दिनुपर्ने अभियानका अभियन्ताहरुले माग गरेका छन्।

‘अपराधिहरुको राज भएको छ। अपराधिहरुको राज भएको छ। फासिष्टहरुको राज भएको छ।आजसम्‍म नेपाली जनताले ल्‍याएका उपलब्धिहरुमाथि कालो पोतिएका छन्।’

देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 30
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments