Incident Reports

कमला नदीको किनारमा सकेट बम भेटियो

2019-10-14

Madhes, Siraha, Karjanha, Ward 3

सिरहा र धनुषाको बिचमा रहेको कमला नदीमा सकेट बम भेटिएको छ । सोमबार बिहान सिरहा करजन्हा नगरपालिका–३ स्थित कमला खोलाको बगरमा बालुवाले पुरिएको अवस्थामा बम भेटिएको हो ।बम गिटी तथा बालुवा चाल्ने कामदारले गिटी चाल्ने क्रममा बम जस्तो बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चर्तुवेदीका अनुसार बम कसैले नराखी बाढीमा कतैबाट बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको छ । बमलाई बन्दीपुर र मिर्चैया इलाका प्रहरी कार्यालयको टोलीले सुरक्षा दिइरहेको छ । 

बम डिस्पोजको लागि चोहरुवा सेरगन बम डिस्पोजल टोली घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ ।   


National/Online Media , Local Newspaper - Morang , Local Newspaper - Jhapa

0 Comments