Incident Reports

तलब नबढेको भन्दै सहजकर्ताहरू आन्दोलित

2019-09-08

पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकामा रहेको बाल कक्षाका सहजकर्ताहरुले सरकारले आफूहरुको तलब वृद्धि नगरेको भन्दै आन्दोलन थालेका छन् ।

उनीहरुले तलब वृद्धिको माग गर्दै बुलिङटार गाउँपालिकामा ज्ञापन पत्र बुझाएर गाउँपालिका भित्रका सामुदायिक विद्यालय मंगलबारका लागि बन्द समेत गराए ।

सहजकर्तालाई संघीय सरकारले मासिक ६ हजार तलब दिने गरेको छ भने कतिपय विद्यालयले केही रकम थप गरेर दिने र केही स्थानीय तहले तलब थप गरिदिने गरेका छन् ।

यस बर्ष सरकारले अन्य क्षेत्रका कर्मचारीहरु तथा शिक्षकहरुको तलब बढाए पनि आफूहरुको नबढाएका कारण आन्दोलित हुनु परेको संघर्ष समितिका अध्यक्ष वसन्ती विकले बताइन् ।

जिल्ला शिक्षा तथा समन्वय इकाइ कार्यालय नवलपुरका प्रमुख कृष्ण चन्द्र पोख्रेलले विहान विद्यालय बन्दको हल्ला आए पनि केही विद्यालय बन्द भएको तर अधिकांश विद्यालय भने खुलेको बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Chitwan

0 Comments