Incident Reports

हतियारसहित एक जना पक्राउ

2019-09-23

Gandaki, Gorkha, Sahid Lakhan

शहीद लखन गाउँपालिका– ३ ग्याजाबोटबाट अवैध हतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ग्याजाका ६७ वर्षीय कमानसिंह गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमला नरालले जानकारी दिए ।

भरुवा बन्दुकसहित पक्राउ परेका गुरुङलाई सोमबार बिहान सदरमुकाम ल्याइएको उनले बताए । गुरुङमाथि सोमबार नै मुद्दा दर्ताको तयारी भइरहेको उनले जानकारी दिए ।

गुरुङलाई इलाका प्रहरी कार्यालय मनकामनाबाट गस्तीमा खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो । गुरुङले घरमा अवैधरुपमा भरुवा बन्दुक लुकाइछिपाइ राखेको अवस्थामा प्रहरीले फेला पारेको जनाइएको छ ।

0 Comments