Incident Reports

सिटिइभिटीको प्रादेशिक कार्यालय जनकपुरधाममा तालाबन्दी

2019-07-30

Madhes, Dhanusha, Janakpur

नेपाल विद्यार्थी संघसँग आबद्ध प्राविधिक तर्फका विद्यार्थीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को प्रादेशिक कार्यालय जनकपुरधाममा तालाबन्दी गरेका छन् । प्राविधिक तर्फका छात्रवृत्ति र पूर्ण शुल्कको फारम भर्ने म्याद बढाउनुपर्ने माग राख्दै प्रदेश २ का आठ जिल्लाबाट आएका विद्यार्थीले तालाबन्दी गरेका हुन् ।

म्याद थप गर्न पटकपटक आग्रह गर्दा पनि बेवास्ता गरेपछि बाध्य भएर कार्यालयमा तालाबन्दी गरेको नेपाल विद्यार्थी संघ सिटिइभिटी प्रदेश २ का अध्यक्ष शसिन्द्र मोहन राजले बताए । प्राविधिक तर्फ सिटिइभिटीले छात्रवृत्तितर्फ फारम भर्ने म्याद साउन १० गतेसम्म र पूर्ण शुल्कतर्फ फारम भर्ने अन्ति म्याद साउन १२ गतेसम्म तोकेको थियो ।

संघका प्रदेश संयोजक राजले कम्तिमा एक हप्ता फारम भर्ने म्याद थप्नुपर्ने आफूहरूको माग रहेको जानकारी दिए । तर, मधेसका जिल्लामा आएको भीषण बाढीले फारम भर्नबाट कयौं विद्यार्थी बंचित भएको उनीकों भनाइ छ। सोही कारण संघले फारम भर्ने म्याद थप्नुपर्ने माग गरेको हो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments