Incident Reports

प्रमुख प्रशासकीय अधिकृत र लेखापाल माथि आक्रमण

2019-07-21

Madhes, Parsa, Sakhuwa Prasauni, Ward 6

पर्साको सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत र लेखापाल माथि आक्रमण भएको छ।

सखुवा प्रसौनी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष लालबहादुर यादव लगायत ५/६ जनाको समुहद्वारा आफ्नै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव र लेखापाल अकलेश सहनी माथी आक्रमण गरि कुटपिट गरेका हुन । गाउँ कार्यपालिका कार्यालयबाट काम सकाएर फर्कने क्रममा आइतबार साझ ४ बजेको करिबमा दुबै जना माथी वडाअध्यक्ष लगायतको समुहले आक्रमण गरेको हो।

नियम विपिरितको निकासाको लागि वडाध्यक्ष यादवले केही समय पहिला देखि दबाव दिदै आएको र आफुले निकास गर्न नमिल्ने बताएका कारण आफू सहित लेखापाल माथी आक्रमण भएको प्रमुख प्रशासकीय अधिकृत यादवले वताए ।

बा १५ च ६८७९ नम्बरको भाडाको गाडी सवार दुबै जना माथी सखुवा प्रसौनी २ स्थित बाटो मै वडाध्यक्ष सहितको समुहले एकासी रोकि गाडी रोकि गालिगलौज गर्दै कुटपिट गरेका हुन। आक्रमणकारी समुहको आक्रमणले दुबै जना सवार टाटासुको सिसा समेत फुटेको छ ।

प्रमुख प्रशासकिय अधिकृत यादव र लेखापाल सहनीले आक्रमण गर्ने विरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्सा उजरी पनि दिएका छन । यता कर्मचारी माथी आक्रमण भएको बिरोधमा मंगलबार पर्साका सम्पूर्ण गाउँ कार्यपालिका कार्यालय बन्द रहने जनाईएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other governance issues
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Local Newspaper - Parsa

0 Comments