Incident Reports

शिक्षक महासङ्घदारा हत्याको विरोधमा प्रदर्शन

2019-10-16

Madhes, Parsa, Pokhariya

शिक्षक महासङ्घ पोखरिया नगरपालिकाले विद्यार्थी अब्दुल्लाह अन्सारीको हत्याको विरोधमा प्रदर्शन गरेको छ।

महासङ्घका पोखरिया अध्यक्ष पर्वत ठाकुरको नेतृत्वमा निस्केको जुलुसले नगरपरिक्रमा गरी इलाका प्रहरी कार्यालय पोखरियाअगाडि धर्ना दिएको थियो।

सो क्रममा अध्यक्ष ठाकुरले प्रहरी निरीक्षक चक्र कुमार सिंहलाई ज्ञापन बुझाउँदै असोज १९ गते मृतावस्थामा फेला परेका अब्दुल्लाह अन्सारीको नियोजित हत्या भएको र सोको अनुसन्धान गरी दोषीलाई कारबाई गर्न माग गरेका थिए।

प्रदर्शनको क्रममा जिल्ला उच्चाङ्गल रामदेव कलवार नमूना प्राविधिक ति विद्यालयको पठनपाठन प्रभावित भएको थियो । आज कक्षा १ देखि १० सम्मको गणित विषयको परीक्षा प्रदर्शनको कारण हुन सकेन । पोखरिया नपास्थित २४ वटै विद्यालयका शिक्षकहरू प्रदर्शनमा सहभागी थिए।  

मृतक अब्दुल्लाह जिल्ला उच्चाङ्गल रामदेव कलबार नमूना प्राविधिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए भने उनका पिता महम्मद गनी अन्सारी सोही विद्यालयका शिक्षक हुन्।

हत्याको केही दिनपछि मुख्यमन्त्री लालबाबु राउत गद्दीले गनीलाई भेट गरी पसांका प्रजिअ र प्रहरी उपरीक्षकलाई घटनाको छानबीन गरी दोषीलाई कारबाई गर्न निर्देशन दिएका थिए । अब्दुल्लाहको मृत्यु सम्बन्धमा अहिलेसम्म प्रहरीले यथार्थ कुरा सार्बजनिक गर्न सकेको छैन ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people N
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments