Incident Reports

वडाध्यक्षद्वारा दुर्व्यवहार भएको भन्दै कलैयाका कर्मचारीहरु आन्दोलित

2019-10-20

Madhes, Bara, Kalaiya

३ कात्तिक,  वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिकाका कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले आइतबारदेखि कार्यालयको कामकाज ठप्प पारेका छन् । कलैया वडा नम्बर ४ का वडाध्यक्ष जटाशंकर सहनीले प्रमुख प्रशासकीय अधिकृत हरि नारायण बेलबासे लगायत कर्मचारीलाई दुर्व्यवहार गर्नुको साथै भौतिक आक्रमणको प्रयास गरेकोले उनीमाथि कारबाहीको माग गर्दै कामकाज ठप्प पारेका हुन् ।

कर्मचारी आन्दोलनका कारण उपमहानगरपालिकाको कार्यालयसँगै वडा कार्यालय, स्वास्थ्य चौकी र सामुदायिक विद्यालय समेत बन्द भएका छन् । सबै सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, उपमहानगरपालिकाको कार्यालय बन्द हुँदा नगरबासी भने मर्कामा परेका छन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments