Incident Reports

वडाध्यक्षद्वारा कलैया उपमहानगरपालिकाका कर्मचारी दुर्व्यवहार

2019-10-18

Madhes, Bara, Kalaiya

कलैया वडा नम्बर ४ का वडाध्यक्ष जटाशंकर सहनीले प्रमुख प्रशासकीय अधिकृत हरि नारायण बेलबासे लगायत कर्मचारीलाई दुर्व्यवहार गर्नुको साथै भौतिक आक्रमणको प्रयास गरेका छन् ।  

योजना शाखामा प्रमुख प्रशाकीय अधिकृत बेलबासे तथा अन्य कर्मचारी काम गरिरहेको समयमा कात्तिक १ गते शुक्रबार बिहान साढे ११ बजे वडा अध्यक्ष सहनी आक्रमक ढँगले पसेर भौतिक आक्रमणको प्रयास गरेको, अपशब्द प्रयोग गर्दै गाली गलौज गरेको र कार्यकक्षमा तोडफोड गरेको कर्मचारीहरुले बताएका छन् । छलफल गरी समस्या समाधान गरौं भन्दा अटेर गरी कोठाको ढोकामा पटक पटक लात्तीले हानेको, प्रमुख प्रशासकीय अधिकृतलाई मुक्का प्रहार गर्न खोजेको, अवस्थालाई सामान्य बनाउन खोज्दा वडा नं ६ का वडा अध्यक्ष गम्भिरालाल प्रसादमाथि हातपात गरेको उनीहरुको भनाइ छ ।

गएको शुक्रबार बिहान साढे ११ बजे वडाध्यक्ष सहनीले उप–महानगरपालिकाको योजना शाखामा वडा कार्यालयबाट आएको योजना किन हटाएको भन्दै गालीगलौज गर्नुको साथै ढोकामा लात्ती हानेको, टेबल उठाएर आक्रमण गरेको प्रमुख प्रशासकीय अधिकृत बेलबासेले बताए । ‘ हामी योजना शाखामा काम गर्दै थियौं, शुक्रबार साढे ११ बजेतिर उहाँ आक्रमक भएर प्रवेश गर्नुभयो, योजनाकाबारेमा उहाँको असन्तुष्टी रहेछ । मैले जे भन्छु, त्यहि हुनुपर्छ भन्ने मान्यता उहाँको देखिन्छ, ’  उनले भने, ‘हामीले बार्षिक योजनामा स्वीकृत कार्यक्रम भन्दा बाहिर गएर ल्याएको योजना स्वीकृत गर्न सकिदैन, त्यसलाई सच्याएर ल्याउनुस भन्दा आक्रोशमा आएर तोडफोड र आक्रमणमा उत्रनुभयो । ’

वडा अध्यक्ष सहनीले आफूलाई मुक्का र टेबुल उठाएर हानेको उनी दाबी गर्छन् । ‘पटक पटक मुक्का हाने, अरुले रोकेकोले लाग्न पाएन्, टेबुल उठाएर पनि हाने, कर्मचारी साथीहरु र अन्य वडा अध्यक्षहरु पनि हुनुहुन्थ्यो र जोगिए,’ उनले भने, ‘आक्रमण गर्ने योजनासहित आउनुभएको रहेछ, एक्लै थिँए भने अवस्था अर्कै हुने रहेछ ।’

वडा अध्यक्ष सहनीको आक्रमणबाट योजना शाखाको झ्यालको शिशा समेत फुटेको कर्मचारीहरुले बताएका छन् । वडा अध्यक्ष सहनीले विगतमा पनि विभिन्न शाखाका कर्मचारीहरुलाई धम्की दिने, दर्ता केरमेट गर्ने जस्ता अराजक गतिविधि गर्दै आएको कर्मचारीहरु बताउँछन् ।

कार्यालयको भौतिक सम्पत्ति तोडफोड डर्ने कर्मचारी माथि आक्रमण गर्ने जस्ता गतिविधिले जुनसुकै बेला जुनसुकै कर्मचारी माथि आक्रमण हुन सक्ने खत।ा बढेको, काम गर्ने वातावरण खल्बलिएको, कर्मचारी असुरक्षित हुने अवस्था बनेकोले अपराधिक कार्य गर्ने वडा अध्यक्षलाई तत्काल गिरफ्ता गरी कानुनी कारबाही हुनुपर्ने माग कर्मचारीहरुले राखेका छन् ।

कर्मचारीहरुले वडा अध्यक्ष सहनीलाई कारबाहीको माग राखेर प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र समेत बुझाएका छन् । वडा अध्यक्ष सहनीले प्रदर्शन गरेको व्यवहार सिसिटिभी क्यामरामा कैद रहेको, वडा नं ६, १६ र २४ का वडा अध्यक्षहरु तथा ७ जना कर्मचारी घटनाका प्रत्यक्षदर्शी छन् ।

समस्या समाधानका लागि वैधानिक विकल्प हुँदा हुँदै जनप्रतिनीधि जस्तो जिम्मेवार व्यक्ति स्वयं प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारी माथि हातपात गर्ने जस्तो जघन्य अपराधजन्य कार्यमा संलग्न हुँदा कर्मचारी असुरक्षित भएको, यस्ता अपराधिक मानसिकतायुक्त व्यक्तिको धम्कीको कोपभाजनमा परिरहने सम्भावना बढेकोले उनलाई कारबाही नभएसम्म अत्यावश्यक सेवा बाहेक अन्य सेवा सञ्चालन गर्न नसकिने अडान कर्मचारीहरुले राखेका छन् । कर्मचारीहरुले वडा अध्यक्ष सहनीलाई सख्त कानुनी कारबाही हुनुपर्ने अडान राखेका छन् ।

बाराका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले प्रमुख प्रशासकीय अधिकृतबाट दुर्व्यवहार भएको गुनासो सहितको ज्ञापनपत्र आएको बताए । उनले घटनाबारे बुझ्नुका साथै समस्या समाधानका लागि छलफल भइरहेको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता रञ्जित सिंह राठौरले गुनासो सुनिएको तर निवेदन नआएकोले कारबाही प्रक्रिया अघि नबढेको जानकारी दिए । ‘वडा नं ४ का वडा अध्यक्षले प्रमुख प्रशासकीय अधिकृत सहित कर्मचारीलाई दुव्र्यबहार गरेको भन्ने कुरा छ तर कुनै लिखित निवेदन आएको छैन । जाहेरी आयो भने अनुसन्धान गरेर दोषी देखिए कारबाही प्रक्रिया अघि बढाउँछौं,’ उनले भने, ‘उहाँहरुले प्रशासनमा ज्ञापनपत्र बुझाउनुभएको छ । प्रशासनबाट कस्तो निर्देशन आउँछ हेरौं । त्यसैअनुसार अगाडी बढ्छौं ।’

ज्ञापत्र बुझाउन उपमहानगरपालिकका विभिन्न शाखा २७ वटै वडाका कर्मचारी, विद्यालयका शिक्षक, स्वास्थ्य संस्थाका कर्मचारी जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

चरित्र हत्या गर्ने प्रयास : वडाध्यक्ष

वडाध्यक्ष सहनीले भने कर्मचारीले आफ्नो राजनीतिक चरित्र हत्या गर्ने प्रयास गरेको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘१४ वटा योजना मध्ये ६ वटा उहाँले हटाइ दिनुभयो । किन हटाउनुभयो भनेर तर्क बितर्क भएकै हो, सो क्रममा टेबुलमा हातले हानेको चाहिँ सत्य नै हो । त्यस बाहेक म माथि लगाइएको अरु सबै आरोप झुठा हुन् ।’

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments