Incident Reports

ह्याप्पी तिहारका गायक दुर्गेश थापा प्रहरी नियन्त्रणमा

2019-10-22

Bagmati, Kathmandu, Kathmandu

गायक दुर्गेश थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । देउसी भैलो गीतलाई बिगारेर सामाजिक सहिष्णुता बिगारेको आरोपमा महानगरीय अपराध महाशाखाले उनलाई नियन्त्रणमा लिएको हो ।

महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाकाअनुसार, थापालाई अहिले टेकुमा राखिएको छ । तिहारलाई लक्षित गरेर दुर्गेशले सार्वजनिक गरेको नयाँ गीतविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो।

सोही उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालयले महाशालालाई थापाको गीत बारे अनुसन्धान गरेर प्रचलित कानुन अनुसार कारवाही गर्न आदेश दिएपछि प्रहरीले थापालाई बोलाएर नियन्त्रणमा लिएको हो ।

सांस्कृतिक पर्वका रुपमा समेत लिइने तिहार पर्वको गीतमा बियर पिउने र गाँजा तान्नेजस्ता शब्द प्रयोग गरेपछि थापा विवादमा तानिएका हुन् । 

सामाजिक सञ्जालमा र कलाकारको समूहमा पनि दुर्गेश विवादमा परेका छन् । तिहार जस्तो पवित्र पर्वको गीतमा पनि यस्ता शब्द प्रयोग गरिएको भन्दै उनको विरोध भएको छ । 

गीतमा तिहारको बेला बियर खानुपर्ने प्रचार गरेका कारण सामाजिक सञ्जालमा पनि गीतको चौतर्फी आलोचना भइरहेको छ । युट्युबबाट गीत हटाए थापालाई छाडिदिने अन्यथा थुनामा राख्ने महाशाखाका प्रमुख थापाले बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people N
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments