Incident Reports

धनकुटे रोडवासीद्वारा उपमहानगर घेराउ

2019-07-02

Province 1, Sunsari, Dharan

धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आवात जावत गर्ने सडक आसपास धनकुटे रोडवासी आफहरुको उठिवासी हुने भन्दै मंगलबार धरान उपमहागरपालिका घेराउ गर्न पुगे।

घेराउका कारण केही वेर तनाव समेत भएको थियो । धनकुटे रोड संघर्ष समिती र कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीका स्वकिय सचिव सदेश चापागाईवीच भनाभन हुदा केहीबेर कार्यलय परिसर तनाव सर्जना भएको थियो । धनकुटे रोडबासीहरु सोमबार पनि ७२ फुट मापदण्ड कायम हुनुपर्ने भन्दै उपमहानगरपालिका पुगेका थिए । सरकारले सहायक राजमार्ग कायम गरेर १४० फुट मापदण्ड लागु भएपछि आन्दोलनरत धनकुटे रोड संघर्ष समितिले धरान उपमहानगरपालिका नगर कार्यपालिकाको बैठक भइरहदा कार्यालय घेराउ गर्न पुगेका थिए।

घेराउ गर्न पुगेकाहरुले नाराबाजीसमेत गरे। मदन भण्डारी सहायक राजमार्ग कायम भएपछि धरानको धनकुटे रोडबासीहरु आन्दोलनमा छन । यो सडक १४० फुट कायम हुदा धेरैको उठिबास हुने धनकुटेरोडवासीहरु वताउँछन ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Sunsari

0 Comments