Incident Reports

जनप्रतिनिधिद्वारा गरिएको तालाबन्दीका कारण लक्षित समूह समाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित

2019-10-31

Lumbini, Kapilbastu, Buddhabhumi

जनप्रतिनिधिद्वारा गरिएको ताला बन्दीका कारण लक्षित समूह समाजिक सुरक्षाबाट वञ्चित भएका छन् । बुद्धभुमि नगरपालिकामा जनप्रतिधिहरूले ताला लगाएका कारण समाजिक सुरक्षा भत्ता वितरण कार्य प्रभावित बनेपछि लक्षित समूहले ताला खोलेर उक्त रकम वितरण गर्न माग गर्दै कात्तिक १४ गते नगरपालिकाको कार्यालय घेराउ गरेका छन् ।

बुद्धभुमि नगरपालिका भित्र रहेका ज्येष्ठ नागरिक, अपागङ्ता भएका व्यक्ति, एकल महिला लगाएतले पाउने सामाजिक सुरक्षा भत्ता दशै तिहारमा पनि नपाएपछि जनप्रतिनिधिहरूले लगाएको ताला खोलेर भत्ता वितरण गर्न माग गरेका हुन् ।

बुद्धभुमि नगरपालिकामा नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृतबिच सरूवाको विषयलाई लिएर भएको विवादमा जनप्रतिनिधिहरूले कात्तिक ३ गतेदेखि ताला लगाएका कारणले तिहारअघि लक्षित समूहले सामाजिक सुरक्षा भत्ता पाउन सकेका थिएनन् ।

दशैँ तिहार जस्तो चाडमा आफूहरूले तलव भत्ता खाने तर राज्यले सम्मान स्वरूप दिएको समाजिक सुरक्षा भत्ता वितरण नगरेको भन्दै आन्दोलनरत नागरिक आक्रोशित बनेका थिए ।

उनीहरूले जनप्रतिनिधि आफैँले कार्यालयमा ताला लगाउने जस्तो लज्जास्पद कार्य केही नभएको भन्दै तत्काल ताला खोलेर काम सञ्चालन गर्न आग्रह गरेका थिए ।

२४ घण्टाभित्र ताला नखोले पुरै नगरपालिकाको काम ठप्प हुने गरी सबै फाँटमा ताला लगाउने ज्येष्ठ नागरिक यमबहादुर कुँवरले चेतावनी दिए ।

अर्का ज्येष्ठ नागरिक खगेश्वर गैरेले आफूहरूबिच लेनदेन मिलेन भनेर अन्य नागरिकहरूलाई दुःख दिन नपाइने भन्दै वार्ताको माध्यमबाट समस्या समाधान गर्न आग्रह गरे ।

बुद्धभुमि नगरपालिकाभित्र रहेका करिब ५ सय व्यक्तिहरू कार्यालय घेराउ गर्न आएका थिए । प्रमुख प्रशासकीय अधिकृत तथा आर्थिक प्रशासन शाखामा लगाइएको ताला तिहार विदा सकिएर कार्यालय खुल्दा समेत नखोलेपछि नागरिकहरू स्वस्फुर्त रूपमा आन्दोलित भएका थिए ।

यसैगरी गरिब तथा घर नभएका व्यक्तिलाई टिनको छाना दिने भनी खरिद गरिएका टिनमा भ्रष्टचार गरेको र हालसम्म वितरण नगरिएको, स्वास्थ्य स्वयम्सेविकाहरूको खाजा खर्च समेत भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

मेयर केशव कुमार श्रेष्ठले तालाबन्दी भए पनि काम भइरहेको बताउँदै सामाजिक सुरक्षा भत्ता नरोकिने प्रतिक्रिया दिए ।

पार्वती आचार्य

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
INSEC , Local Newspaper - Rupandehi

0 Comments