Incident Reports

इँटाभट्टा बन्द गराउन उत्रिए जनता

2019-10-25

Bagmati, Kathmandu, Chandragiri

काठमाडौं : इँटाभट्टा सञ्चालनमा रोक लगाउनुपर्ने माग राख्दै जनता प्रदर्शनमा उत्रिएका छन्। चन्द्रागिरी नगरपालिका र कीर्तिपुर नगरपालिकाका इँटाभट्टाले धुवाँ, धुलो फैलाएर प्रदूषण गराएको भन्दै इँटाभट्टा पीडित संघर्ष समिति प्रदर्शनमा उत्रिएको हो। संघर्ष समितिका अध्यक्ष मुकुन्द घिमिरेको नेतृत्वमा गएको टोलीले शुक्रबार चन्द्रागिरी नगरपालिकाको कार्यालयमा ५ दिनभित्र इँटाभट्टा बन्द गराउन अल्टिमेटम दिँदै ज्ञापन पत्र बुझाएका छन्।

अध्यक्ष घिमिरेले नगरपालिकाले ५ दिनभित्र इँटाभट्टा बन्द नगराएमा जनता आँफै सक्रिय भएर भत्काउने बताए। आन्दोलनमा कीर्तिपुर नगरपालिका-४ का वडा अध्यक्ष राजेन्द्र बानियाँसमेत सहभागी भएका छन्। 

यता चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले इँटाभट्टा बन्द गराउन नगरपालिकाले पत्राचार गरिसकेको जानकारी दिए। उनले भने ,'बन्द गराउन पत्रचार गरिसकेका छौँ, कार्यान्वयन हुन केहि समय लाग्छ।' नगरप्रमुख गिरीले जनताको आन्दोलनले निर्णय कार्यान्वयन प्रक्रियामा थप बल पुगेको बताए। 

प्ले कार्डसहित नाराबाजीमा उत्रिएका प्रदर्शनकारीले भट्टाका कारण नगरको सुन्दरता नै कुरुप बनेको बताएका छन‍्। उनीहरुले 'चन्द्रागिरी नगरपालिकाको निर्णय कार्यान्यन गर', चन्द्रागिरी नगरपालिका भित्रका सबै इँटाभट्टा बन्द गर, प्रदर्शन विरुद्धको मौलिक हक कार्यान्वयन गर लगायतका प्लेकार्ड बोकेका छन्।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments