Incident Reports

भारतीय गाडीमा नलकटुवा बरामद, मान्छे फरार

2019-08-29

Madhes, Dhanusha, Aaurahi, Ward 3

चेकजाँच गर्ने क्रममा प्रहरीले धनुषामा एक थान कटुवा पेस्तोल बरामद भएको छ । धनुषाको औरही गाउँपालिका-३ बिकमपुरस्थितं सशस्त्र प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा : बुधबार कटुवा पेस्तोल बरामद गरेको हो। सशस्त्र प्रहरीले चेकजाँच गरिरहेको देखेपछि बी आर ३२ जी एच ७६२ भारतिय नम्बर प्लेटको गाडीमा सवार भएका मानिस मोटरसाइकल र हतियार फालेर फरार भएको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक राजु उप्रेतीले जानकारी दिए । औरहीबाट बालगंगा तर्फ आउँदै गरेको ती मानिसले पेस्तोल फालेर फरार भएको थियो । फरार भएकाहरुको खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक उप्रेतीले जनाए।

Local Newspaper - Bara

0 Comments