Incident Reports

प्रहरी छापामारीमा स्थानीयको विरोध

2019-08-29

Madhes, Bara, Simraungadh, Ward 7

बाराको सिम्रौनगढ-७ स्थित एक घरमा बिहीवार जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले खानतलाशी गर्न थालेपछि स्थानीयले विरोध गरेका छन् । कुनै जानकारीविना प्रहरीले घर खालतलाशी लिन थालेको र कारण देखाउन भन्दा कुनै पनि कागजात नदेखाएको गाउँलेहरूले बताएका छन् ।

सो क्रममा इलाका प्रहरी कार्यालय, सिम्रौनगढको गाडीलाई करीब तीन घण्टा स्थानीयले घेराउ गरेका थिए । पछि इप्रका, सिम्रौनगढ र स्थानीयबीच इप्रकामा छलफल गर्ने सहमति भएपछि गाडी छाडेका थिए।

स्थानीय मुकेशकुमार कुशवाहाको घरमा जिल्लाबाट खटेको प्रहरी टोलीले छापा मारेको थियो। प्रहरीले विनाकारण, विनासूचना घरभित्र प्रवेश गरेर तोडफोड गर्नुका साथै लत्ताकपडा सबै निकालेर छ्याल्लब्याल्ल पारेको, धान गहुँलगायत अन्नहरू पोखिदिएको कुशवाहाले बताएका छन् । छापामारी गर्ने कारणबारे प्रहरीले केही बताएको छैन ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments